कोरोना महामारीमा काम गर्न सरकारले बनायो १५ सदस्यीय विज्ञ समिति

सरकारले कोरोना महामारीका समयमा कोभिड र ननकोभिड सेवालाई प्रवाहमा प्रभावकारी बनाउँन सरकारले १५ सदस्यीय विज्ञ समिति गठन गरेको छ।

जारी महामारी र संभावित तेस्रो लहरमा कोभिड नियन्त्रणलाई प्रभावकारी पार्न कोभिड नियन्त्रणका लागि जनस्वास्थ्य र क्लिनिकल विशेषज्ञसमेत सम्मिलित उच्चस्तरीय समिति गठन गरिएको हो।

विज्ञ समितिलाई कोरोना नियन्त्रणका लागि प्रयोग भएका रणनीति, कार्यदेश, निर्देशिका, कार्यविधि, मापदण्डको मुल्यांकनगरी परिमार्जन सुझाबदेखि उपचार अवस्थाको अनुगमन, औषधि उपकरणको समुचित प्रयोगको अनुगमनसमेत गर्ने अधिकार दिइएको छ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दिपेन्द्ररमण सिंहको संयोजत्वमा विज्ञ समिति गठन गरेका हुन्। समितिमा डा. जनक कोइराला, डा. अनुप सुवेदी, डा. अनुप बास्तोला, डा. विराज कर्माचार्य, डा. शेरबहादुर पुनः, डा. मेघनाथ धिमाल, डा. सुमित अग्रवाल, डा. विश्वकुमार श्रेष्ठ, डा. अशिष श्रेष्ठ, डा. अशेष ढुंगाना, डा. अनिल पोखरेल, डा. रेखा मानन्धर सदस्य छन्।

समितिमा नेपाल चिकित्सक संघ र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिसमेत सदस्य रहनेछन्।

विज्ञ समितिलाई ६ वटा कार्यादेश तोकिएको छ। जसमा कोभिड व्यवस्थापन निर्देशिका, कार्यविधि, मापदण्ड, प्रोटोकलको अध्ययनगरी परिमार्जनसहित स्विकृतिका लागि सुझाब पेश गर्ने प्रमुख कार्यदेश तोकिएको छ।

त्यसैगरी कोभिडसम्बन्धी, निर्देशिका, मार्गनिर्देशन, प्रोटोकल, कार्यान्वयन गराउँन अनुगमन गर्ने र आवश्यक मार्गनिर्देशन गर्ने अधिकारसमेत विज्ञ समितिलाई दिइएको छ।

कोरोना संक्रमितको उपचार व्यवस्थापन आचार संहिताको अनुगमन गर्ने, औषधि उपकरणको समुचित प्रयोग भए/नभएको अनुगमन गर्ने अधिकारसमेत विज्ञ समितिलाई दिइएको छ।

त्यसैगरी विभिन्न अस्पतालले कोरोना संक्रमितको उपचारका लागि माग गरेको भुक्तानी दावीको पुनरावलोकनगरी पेश गर्नेसहित आवश्यक कार्यदेश आफै तयगरी आवश्यक विज्ञलाई सदस्यको रुपमा थप्नसक्ने अधिकारसमेत विज्ञ समितिलाई दिइएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *