गेटा मेडिकल कलेजमा एमबिबिएस कार्यक्रम सुरु गर्न उच्चस्तरीय समिति गठन

धनगढी अत्तरियास्थित गेटा मेडिकल कलेजमा एमबिबिएसलगायतका शैक्षिक कार्यक्रम एवं अस्पताल संचालनका लागि आवश्यक सम्पूर्ण तयारी गर्न स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय समिति गठन गरेको छ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले योजना आयोजका पूर्व सदस्य डा. चेतराज पन्तको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेका हुन्।

पछिल्ला दिनमा डा. गोविन्द केसीले विभिन्न प्रदेशमासरकारी मेडिकल कलेज संचालनका लागि यसअघि भएका सम्झौता कार्यान्वयनका लागि माग राख्दै आएका छन्।

सोही आधारमा मन्त्री श्रेष्ठले तत्काल संचालनमा ल्याउँन सकिने कलेजको रुपमा गेटाको छनौट गरेर सम्पूर्ण तयारीका लागि समिति गठन गरेका हुन्।

समितिको सदस्यमा डा. शेखरबाबु रिजाल, डा. जीवन क्षेत्री, डा. दिलिप शर्मा, डा. मुकुन्द जोशी, डा.हरी लम्साल, डा. प्रमोद जोशी, डा. हेमराज पनेरु र डा. पदमबहादुर चन्द र डा. सुदेश कायस्थ सदस्य छन्।

कानून मन्त्रालयका सहसचिव र योजना आयोगका सहसचिव प्रतिनिधि रहने समितिको सदस्य सचिवमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा.मदन उपाध्याय छन् ।

समितिलाई गेटामा एमबिबिएसलगायतका शैक्षिक कार्यक्रम संचालन गर्न आवश्यक पर्ने भौतिक तथा प्राज्ञिक पूर्वाधार, कानूनी व्यवस्था, स्रोत व्यवस्थापनलगायतका विषयमा अवस्थाको यकीनगरी ठोस सुझाब दिन कार्यदेश तोकिएको छ।

त्यसैगरी अस्पताल संचालनका लागि अल्पकालिन तथा दीर्घकालीन पूर्वतयारीबारे समेत ठोस सुझाब दिन कार्यदेश तोकिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *