डा. गोविन्द केसीसँग भएका सम्झौता कार्यान्वयन अगाडि बढाउँन ५ सदस्यीय उच्चस्तरीय समिति गठन

हेल्थपोस्ट नेपाल

सरकारले डा. गोविन्द केसीसँग विभिन्न समयमा भएका सम्पूर्ण सम्झौताको कुन चरणमा छन् भनि यकीनगरी ठोस कार्यान्वयन अगाडि बढाउँन पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दिपेन्द्ररमण सिंहको संयोजत्वमा यस्तो समिति गठन गरेका हुन्।

समितिको सदस्यमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला र शिक्षा, स्वास्थ्य र कानून मन्त्रालयका सहसचिव सदस्य रहने निर्णय गरिएको छ।

समितिलाई नेपाल सरकारसँग भएका सम्झौता प्रतिवद्धता कार्यन्वयनको अवस्थाबारे चिकित्सा शिक्षा आयोग, मन्त्रालय र परिषद्हरुसँग छलफलगरी कार्यान्वयन वाँकी रहेका सहमति, कार्यान्वयन अवस्था र गर्नुपर्ने कामबारे ठोस सुझाब पेश गर्न कार्यदेश दिइएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *