थपिए २२९५ संक्रमित, १६ को मृत्यु

हेल्थपोस्ट नेपाल

आज देशभर २२९५ नयाँ कोरोना संक्रमित थपिएका छन्।

पिसिआर विधिबाट ११,८९२ र एन्टिजेन विधिबाट ४३४१ गरी १६,२३३ जनामा परीक्षण गर्दा २२९५ जनामा संक्रमण पुष्टि भएको हो।

पिसिआर परीक्षणबाट १,९०२ र एन्टिजेन परीक्षण गर्दा ३९३ जनाको कोरोना संक्रमण देखिएको हो।

आजमात्र १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसंगै हालसम्म १०७३० जनाको मृत्यु भएको छ।

२४ घण्टामा निको हुनेको संख्या १८०८ रहेको छ।

देशभर ३५८७४ सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै, सघन उपचार कक्ष, आइसियुमा ५६८, र भेन्टिलेटरमा १६० कोरोना संक्रमितले उपचार गराइरहेका छन्।

त्यस्तै काठमाण्डौमा ६६५, भक्तपुरमा १०३ र ललितपुरमा १३८ कोरोना संक्रमित थपिएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *