‘सुँघ्ने क्षमता घट्नु’ होइन कोरोनाको मात्रै कारण

हेल्थपोस्ट नेपाल

बास्ना नआउनु वा सुँघ्ने क्षमता कम हुनु कोरोनाको मुख्य लक्षण हो।

धेरै मानिसलाई लाग्न सक्छ, कोरोना संक्रमण भएपछि मात्र बास्ना आउने क्षमता कम हुन्छ।

तर, कोरोना संक्रमण मात्र यसको कारण भने होइन।

त्यस्ता थुप्रै रोग छन् जसले मानिसको सुँघ्ने क्षमता कम गरिदिन्छ। यो अल्जाइमर, सिजोफ्रिनिया तथा अटो इम्यून रोगको लक्षण पनि हुनसक्छ।

यी रोगहरुले दिमागमा सुँघ्ने क्षमता भएको स्थानलाई खुम्च्याउने वा प्रभाव पार्ने गर्दछ।

पार्किन्सन फाउन्डेशनका अनुसार, पार्किन्सन भएका बिरामीहरुमा सुँघ्ने क्षमता अलि कम हुन्छ। यसलाई हाइपोस्मिया भनिन्छ। यस्तो भए बिरामीलाई गम्भीर खतरा पनि हुनसक्छ।

अमेरिकन कलेज अफ फिजिसियनकाअनुसार जो वृद्धवृद्धाको सुँघ्ने क्षमता कम हुन्छ, १० वर्षपछि उनीहरुको मृत्यु हुने सम्भावना ५० प्रतिशतले बढ्दछ। कतिपय अवस्थामा सामान्य रुघाखोकी लाग्दा पनि यस्तो क्षमता घट्न सक्छ।

त्यस्तै, विज्ञहरुकाअनुसार बास्नाको महसुस नहुनुको कारण राइनाइटिस, औषधीको साइडइफेक्ट तथा भाइरल इन्फेक्सन पनि हुन सक्छ।

त्यस्तै, महिलाहरुमा सुँघ्ने क्षमता पुरुषको भन्दा धेरै हुन्छ। गर्भवती भएको समयमा महिलामा झन् बढी यो क्षमता हुन्छ।

यस क्षमतालाई परीक्षण पनि गर्न सकिन्छ। नाक, कान, घाँटी विशेषज्ञको निगरानीमा परीक्षण गर्न सकिन्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *