नर्भिक अस्पतालले ल्यायो तीज विशेष स्वास्थ्य परीक्षणको व्यवस्था

नर्भिक अस्पतालले महिलाहरुका लागि तीजको अवसरमा विशेष स्वास्थ्य उपचारको प्याकेज निकालेको छ।
‘यदि तपाईंको स्वास्थ्य राम्रो छैन भने तपाईं धनको आनन्द पनि लिन सक्नुहुन्न,’ यस्तो नारा लिएर थापाथली स्थित नर्भिक अस्पतालले महिलाको स्वास्थ्य उपचारका लागि हेल्थ प्याकेज निकालेको छ।
यो अफर भाद्र १२ देखि २७ सम्म रहने छ।
अस्पतालका अनुसार तीज प्याकेजको स्वास्थ्य परीक्षण ८ हजार रहेको छ भने छुट गर्दा ६६६६ मा उपलब्ध हुनेछ। त्यस्तै यो प्याकेजसँगै स्तनको युएसजी गराउँदा १० हजार खर्च लाग्नेछ तर छुट गर्दा ७७७७ मा परीक्षण गर्न सकिने अस्पताल प्रशासनले जानकारी दिएको छ।
त्यस्तै मेमोग्राम गराए १३ हजार ४०० खर्च लाग्नेछ भने छुटपछि ९९९९ मा सेवा उपभोग गर्न पाइनेछ।