प्रसुति भएका सबै महिलालाई खोप लगाइने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका राज्यमन्त्री उमेश श्रेष्ठले प्रसुति भएका कुनै पनि उमेर समुहका महिलाहरुलाई तुरुन्तै खोप लगाइने बताएका छन्।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६२ औं वार्षिक कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले अस्पतालले भन्ने वित्तिकै सबै प्रसुति महिलाहरुलाई तुरुन्तै खोप उपलब्ध गराउने बताएका हुन्।
त्यस्तै, थापाथली स्थित स्त्रीरोग अस्पताललाई वोमेन हेल्थ केयर इन्सिच्युटका रुपमा विकास गर्नुपर्ने बताएका छन्।
मन्त्री श्रेष्ठले यसबारे मन्त्रालयले विचार गरिरहेको बताएका हुन्।
नेपालको पहिलो तथा ठूलो स्त्रीरोग अस्पतालको रुपमा रहेको यस अस्पतालको सेवा सुविधा अझै थप गर्दै लानुपर्ने तथा अस्पताललाई स्त्रीरोगको रिर्सच केन्द्रका रुपमा अगाडि लाने योजना रहेको बताएका छन्।
त्यस्तै, सातै प्रदेशमा स्त्रीरोग अस्पतालको आवश्यकता रहेको बताएका छन् भने नेपालको पहिलो मानव दुग्ध बैंकलाई सहयोग गर्ने बताएका छन्।
उनले सरकारी कर्मचारीको दरबन्धी थप गर्ने, दुर्गम क्षेत्रमा सरकारी मेडिकल कलेज खोल्ने जस्ता पारदर्शी योजना बनाउनुपर्ने बताए।