‘अमृतकाेष’ मानव दुग्ध बैंक स्थापना गर्दै प्रसूती अस्पताल

परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालले आज ६२ औं वर्षिककोत्सव मनाएको छ।

देशको पहिलो स्त्रीरोग अस्पतालले कृष्णजन्माष्टमीको दिनदेखि सेवा प्रदान गर्न शुरु गरेको थियो।

अस्पतालले गत आर्थिक वर्षमा बहिरंग विभाग अन्र्तगत १,४३,२२१ जनाले सेवा लिएका छन्।

२८,५९८ जना महिलाहरुलाई अस्पतालमा भर्ना गरेर सेवा प्रधान गरिएको थियो। यसमध्य २२,०१४ जना महिलाको डलिभरी गराइएको थियो।

१०,९०० जनाको शल्यक्रिया गरी उपचार गरिएकोमा ८१०८ जनाको सिजरियन सेक्सनबाट बच्चा जन्माइएको थियो।

१९४१ जना एनआईसियुमा भर्ना भई उपचार लिएका थिए। सुरक्षित गर्भपतन अन्र्तगत ९१६ जनाले सुरक्षित गर्भपतन गराएका थिए।

त्यस्तै,  ३१४२ जनाले परिवार नियोजनको सुविधा लिएका थिए।

कोरोना महामारीमा पनि कोभिड भएका विरामीहरुलाई पनि उपचार प्रधान गरिएको छ।

२४२ जनालाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो।

कोभिडका समयमा पनि सबै जिल्लाका गर्भवति महिलालाई उपचार गरिएको थियो।

१५० बेडको आइसोलेसन वार्ड स्थापना गरी २४२ महिलालाई उपचार गरिएको थियो।

अस्पतालले १२१ जनाको अपरेशन, ८५ जनाको नर्मल डेलेभरी र १२३ जनालाई स्त्रीरोग सम्बन्धी समस्याको उपचार गरिएको थियो।

यस अस्पतालमा संक्रमित नवजात शिशुको पनि उपचार गर्ने व्यवस्था मिलाइएको छ।

अस्पतालले ५० बेडको एचडियु थप गरेको छ।

त्यस्तै, स्तनपानको नीति पनि लागू गरिएको छ। आमाको दुध प्रतिष्ठापन गर्ने वस्तुको नियम गर्नका लागि बनेको ऐनमा टेकेर त्यस अस्पतालको बिक्रि वितरण र निरुत्साहित गर्ने प्रयास गरिरहेको डा. मिश्रले बताइन्।

अस्पतालले अग्रसर हुँदै नेपालकै पहिलो मानव मिल्क बैंकको स्थापना गर्न लागेको छ। यस बैंकलाई अमृत कोषको नाम दिइएको छ, उनले भनिन्।

अस्पतलमा आर्थिक रुपमा अशक्त रहेकालाई निशुल्क उपचार गराउँदै आएको छ। गत आर्थिक वर्षमा सामाजिक सुरक्षा इकाईबाट ५९८ जनाले यो सुविधा लिएको छ।

यहाँ राष्ट्रिय स्वास्थ्य विमाबाट पनि लाभान्वित भएका छन्।

त्यस्तै, ४९ जना दुर्गमका महिलाहरुलाई उपचार गरिएको छ।

टाढाबाट आएका विरामीलाई अस्पतालको सेटलाइट उपचार सेवा अनुरुपा धादिङ जिल्ला अस्पतालमा शल्यक्रिया समेतको उपचारर सेवा उपलब्ध गराइएको छ।

अस्पतालको रेडियोलोजी विभागमा एक्सरे, म्यामोग्राम र सिटिस्क्यान सेवा प्रदान गर्दै आएको छ भने प्रयोगशाला विभागमा अन्र्तराष्ट्रिय स्तरको एनलाइजर मेसिनबाट गर्ने हर्मोन जाँच, क्यानसर रोगको निदान तथा रोकथामको लागि लिक्विड बेस साइटोलोजी, ह्युमेन प्यापिलोमा भाइरसको स्क्रिनिङ, गर्भ भित्र रहेको शिशुको अनुवान्सिक समस्या पहिचान गर्न त्रिपल र क्वाड्रपल टेस्ट शुरु गरिएको छ।

यो टेस्ट नेपालको सिमित अस्पतालमा मात्र छ, सरकारी अस्पतालहरु मध्य यही अस्पतालमा यसकोसेवा उपलब्ध छ।
अस्पतालले कोभिड परीक्षणका लागि गत वर्ष देखि मोलिक्युलर ल्याबको शुरु गरिएको छ।

आर्थिक व्यवस्थापन

यो अस्पताल सरकारको अनुदान र अस्पतालको आफ्नै स्रोत जम्मा भएको रकमबाट संचालित छ।

गत वर्ष अस्पताललाई सरकारले ५५ करोड ८७ लाख बजेट विनियोजन गरेकोमा ५३ करोड ८५ लाख खर्च भएको अस्पतालले जनाएको छ भने रु २ करोड ६ लाख फ्रिज भएको छ।

अर्थिक वर्षको अन्तिममा अस्पतालको कुल बेरुजु १७ करोड १४ लाख ७६ हजार रहेको छ।

त्यस्तै २ करोड १७ लाख ६ हजार रकम फस्यौट गरिसकेको मिश्रले जानकारी दिइन्।

आमा सुरक्षा कार्यक्रम र पाठेघर खस्ने समस्याका लागि १३ करोड ३१ लाख प्राप्त भएकोमा १२ करोड ३४ लाख खर्च भई ५७ लाख रुपैंया फ्रिज भएको छ।

अस्पतालको एकद्धार संकट व्यवस्थापन केन्द्रमा र सामाजिक सेवा इकाईका लागि ५० लाख विनियोजन भई निकासा भएको बजेटमा ४४ लाख ९५ हजार खर्च भएको छ।

गर्भपतन सेवाका लागि २० लाख रुपैंया प्राप्त भएकोमा ९ लाख ५४ हजार खर्च भएको छ भने १० लाख ४६ फ्रिज भएको छ।

पाठेघर खस्ने समस्या भई उपचारका लागि २५ लाख विनियोजन गरिएकोमा १० लाख १ हजार खर्च भएको छ।

मिडपाइफ्री सेवामा ३६ लाख बजेट आएकोमा १७ लाख २५ हजार खर्च भएको छ।

अस्पतालले काठमाडौंको चन्द्रगिरी र तारकेश्वर नगरपालिकामा उपचार दिन शुरु गरिएको छ भने धादिङमा महिलनामा एकपटक क्लिनिक सेवा संचालन गर्दै आएको छ। यस कार्यक्रमलाई ६४ लाख ८० हजार वजेट निकासा भएको छ भने ६१ लाख ७४ हजार प्रयोग भएको छ।

५ करोड ५५ लाख रुपैंया कोभिडका विरामी व्यवस्थापन तथा जोखिम भत्ताका लागि विनियोजन गरिएको थियो।

१० बेडका लागि ५ करोड ६० लाख रुपौंया र ५० बेड एचडियुका लागि ५ करोड ९३ लाख बजेट प्राप्त गरेको थियो।

यस वर्ष अस्पतालको कूल आम्दानी २० करोड २५ लाख रहेको छ। यसमध्य अस्पतालको संचालनका लागि २१ करोड १० लाख खर्च भइसकेको हुँदा जगडा कोषबाट खर्च गरिएको छ।

 

 

 

डा. संगीता मिश्र,  परोपकार प्रसूती तथा स्त्रीरोग अस्पतालका निर्देशक हुन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *