अमेरिकाको ड्रोन अक्रमणबाट एकै परिवारका ९ जनाको मृत्यु

अमेरिकाको ड्रोन अक्रमणबाट भएको विस्फोटका कारण अफगानिस्तानका कयौं बालबालिकाको ज्यान गएको छ।
मृत्यु हुने मध्य ६ बालबालिकाको ज्यान गएको छ। सबैभन्दा सानो दुई वर्षकी बालिका पनि रहेकी छिन्
विस्फोट अफगानिस्तानको अन्र्तराष्ट्रिय विमानस्थल नजिक भएको हो।
अमेरिकाको सेन्ट्रल कमाण्डका अनुसार विमानस्थलमा कयौं अत्मघाती विस्फोट गराउने मानिसको सक्रियता रहका कारण उनीहरुलाई खत्तम गर्न र्सो आक्रमण गरेका हुन्।
सेन्टकमले यसबारे अनुसन्धान गर्ने जनाएको छ।
युएसका अधिकारीका अनुसार बम बिस्फोटकहरुले विस्फोट गराउन गाडीमा सामान लोड गरिरहेका कारण आक्रमण गरेको हो।
उनीहरुका अनुसार निसानामा रहेका दुई जना आइएसकेपीका सदस्यहरु मारिएका छन्।
गाडीमा अन्य विस्फोटहरु पनि भरिएका कारण बिस्फोट निकै ठूलो भएको हो।
बिस्फोट भएपनि कालो धुवाँ आकाशमा उडेको थियो।