स्वास्थ्यमा १० अधिकारीको सरुवा, परिवार कल्याणमा विवेक, क्षयरोगमा प्रकाश साह

स्वास्थ्य मन्त्रालय अन्तर्गतका १० औ र ११औं तहका १० जना अधिकारीको जिम्मेवारी हेरफेर भएको छ।

विभाग अन्तर्गतको परिवार कल्याण महाशाखामा डा. विवेककुमार लालले जिम्मेवारी पाएका छन्।

पब्लिह हेल्थ एड्मिनिट्रेसन समूहका लाल भक्तपुरस्थित क्षयरोग केन्द्रको प्रमुख थिए।

परिवार कल्याणका निर्देशक रहेका डा. तारा पोखरेललाई सार्क क्षयरोग तथा एचआइभी केन्द्रको निर्देशकको जिम्मेवारी दिइएको छ। पोखरेल जहेस समूहका थिए।

सार्क क्षयरोग तथा एचआइभी केन्द्रका निर्देशक डा. अनुज भट्टचनलाई कर्णाली प्रदेशमा सरुवा गरिएको छ।

सोही महाशाखा अन्तर्गतको खोप शाखामा सागर दाहाललाई जिम्मेवारी दिइएको छ।

यसअघि सो शाखा प्रमुख रहेका डा. झलक गौतमलाई व्यवस्थापन महाशाखामा सरुवा गरिएको छ।

त्यसैगरी राष्ट्रिय क्षयरोग केन्द्रमा डा. प्रकाशप्रसाद साहलाई जिम्मेवारी दिइएको छ। साह पनि स्वास्थ्य सेवा अन्तर्गतका सबैभन्दा कनिष्ठ सहसचिव हुन्।

यद्यपि डा. लाल र डा. साह दुबैको दरवन्दीअनुसार जिम्मेवारी पाएका छन्।

त्यसैगरी भरतपुर अस्पतालका मेसुमा डा. कृष्ण पौडेलले जिम्मेवारी पाएका छन्।

सो अस्पतालको जिम्मेवारीमा रहेका डा. रोशन न्यौपानेलाई डा.रामराज प्रसाद सिंह प्रदेश अस्पतालमा सरुवा गरिएको छ।

केही दिनअघि मन्त्रालय अन्तर्गतको समन्वय महाशाखाको जिम्मेवारी रिता जोशीलाई दिइएको थियो।

 

आर्युवेदमा पनि हेरफेर
मन्त्रालयले सिंह दरवार वैद्यखानाको प्रवन्ध निर्देशक डा. शोभराम सुवेदीलाई जिम्मेवारी दिएको छ। यसअघि उनी आर्युर्वेद चिकित्सालय नरदेवीमा निर्देशक थिए।

नरदेवीमा सिंहदरवार बैद्यखानाका हालका प्रवन्ध निर्देशक डा. सवरी साहलाई पठाइएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *