नेपालको ६८.६ मानिसमा कोरोना एन्टिबडी विकास

हेल्थपोस्ट नेपाल

नेपालको दुईतिहाइ जनसंख्यामा कोभिड–१९ एन्टिबडी बनेको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेरो प्रोभिलेन्स सर्भेले ६८.६ मानिसमा एन्टिबडी बनेको पाइएको हो।

मन्त्रालयले २०७८ असार २१ गतेदेखि साउन ३० गतेसम्म १३ हजार १६१ नुमना संकलन गरी परीक्षण गरिएको थियो। जसको प्रारम्भिक नतिजा अनुसार ६८.६ प्रतिशतको मानिसको कोभिड–१९ को एन्टिबडी बनेको पाइएको थियो।

सर्भेमा ६ महिनादेखि माथि उमेर समूहका नागरिकको नमुना लिइएको थियो ।

त्यसैगरीऽ कोरोनाको पहिलो डोज खोप लगाएका ८० र दुवै डोज लगाएका ९० प्रतिशतमा एन्टीबडी देखिएकाे  मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले  सातै प्रदेश, हिमाल,पहाड,तराई,गाउँ शहरका सबै लिंग, उमेर,पेशा तथा सबै समुहमा समान एन्डीबडी देखिएको बताए।

कोरोना महामारीको खतरा कायम रहेको र भाइरसले आफ्नो रुप परिपर्वत गरहने जोखिम कायम रहेकाले संक्रमण रोकथाम र नियन्त्रण प्रभावकारी उपाय भएकाले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, भीडभाड कम गर्ने र सरसफाईमा ध्यान दिन मन्त्रालयले अनुराेध गरेकाे छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *