एमबीबीएस र बीडीएस अध्ययनका लागि झुटो कागज पेश गर्ने यी हुन् १० विद्यार्थी

हेल्थपोस्ट नेपाल

चिकित्सा शिक्षा आयोगले लिएको स्नातक तहको परीक्षामा झुटो कागजात पेश गरेका ९ जनालाई आरक्षण तर्फको योग्यताक्रमको सूचीबाट हटाएको छ।

कक्षा ६ देखि १० सम्म सार्वजनिक विद्यालयमा अध्ययन गरेको प्रमाण पेश गरी ४५ प्रतिशत छात्रवृतिको योग्यता क्रममा रहेका थिए तर झुटो कागजात पेश गरेको भनी उजुरी परेपछि आयोगले छानबिन गरेको थियो। छानबिनका क्रममा कागजात साँचो नठहरिएकाले योग्यता क्रमबाट हटाइएको आयोगले जनाएको छ।

‘निजहरूले पेश गरेको कागज सहि सत्य भन्ने प्रमाणित हुन नसकेकाले तपसिलका परीक्षार्थीको हकमा ४५ प्रतिशत छात्रवृति तर्फको जुनसुकै समूह योग्यता क्रममा रहे पनि निजहरूलाई सो योग्यता क्रमबाट हटाउने र अन्य विद्यालय अध्ययन गरे सरह कायम गर्ने भन्ने निर्णय भएको छ,’ आयोगले भनेको छ।

गत साउन ९ देखि १३ गतेसम्म स्नातक तहको परीक्षा लिएको थियो ।

यसरी आरक्षण तर्फको योग्यताक्रमबाट हटाइएका विद्यार्थीमा अमनकुमार चौधरी, बीरेन्द्र धिताल, गगन प्याकुरेल, लकसन शाही, सुजन घिमिरे, सूर्यकिरण जोशी, स्वस्तिका सुन्दास, स्मारिका श्रेष्ठ रहेका छन्।



One thought on “एमबीबीएस र बीडीएस अध्ययनका लागि झुटो कागज पेश गर्ने यी हुन् १० विद्यार्थी

  1. झुटो विवरण पेश गर्नेलाई कार्वाही खोई त् ? निजिमै पढेका हुन् निजि पढेको मान्ने रे l लागे लाग मोहनी नभए बुढी घरमै छ भने जस्तो भएन र ? उजुरी नपरे सरकारी पढेको भनेर कोटाबाट छात्रवृति लिने , उजुरी परे खुला छदैछ l गलत किसिमको प्रमाणमा सहिछाप गर्ने प्रअलाई कार्वाही खोइ ? कोटामा नाम निकाल्नेको स्कुलको नाम सार्वजानिक गरेको भए सयौको बिरुद्ध उजुरी पर्थ्यो तर आयोगकै केहि पदाधिकारीको निर्देशनमा झुटो बिवरण पेश गराइएको पनि छ त्यसैले आयोगले बिद्यार्थी कहाको हो भन्ने जानकारी दिएन l

Leave a Reply

Your email address will not be published. Required fields are marked *