आइतबार ३५ हजार ७९६ जना सक्रिय संक्रमित, २४ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा एक हजार ३८८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २९७ नुमना परीक्षण गर्दा एक हजार ३८८ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा दुई हजार २६० जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।

मन्त्रालयको अनुसार कोरोना संक्रमणबाट आइतबार २४ जनाको मृत्यु भएको छ।

देशभर ३५ हजार ७९६ जना सक्रिय संक्रमित छन्। जसमध्ये ३२ हजार ७४४ होम आइसोलेसनमा छन्। संस्थागत आइसोलेसनमा तीन हजार ५२ संक्रमित छन्।

मन्त्रालयको अनुुसार भेन्टिलेटरमा १६७ सहित ६२५ जना आइसियुमा उपचार भइरहेको छ। देशभर ३४३जना क्वारेन्टाइनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *