बलात्कारको आरोप लागेका मन्त्री शाहीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन

एमालेनिकट अनेरास्ववियु र युवासंघले कर्णालीका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बर्खास्तीको माग राख्दै जुलुस निकालेका छन्।
मन्त्री शाहीलाई बलात्कारको आरोप लागेको भन्दै बर्खास्त गर्न माग गर्दै उनीहरुले आइतबार दिउँसो वीरेन्द्रनगरमा जुलुस निकालेका हुन्।
उनलाई एक महिलाले २०७६ माघमा बलात्कार गरेको आरोप लगाएकी थिइन्। तर, अहिले ती महिलाले घटना निराधार भएको बताउँदै आएकी छन्। मन्त्री शाहीको निजी सचिवालयले भने आर्थिक लाभका लागि महिलाले बलात्कारको आरोप लगाएको दाबी गर्दै आएको छ।