डा. सन्तोष उपाध्यायले जिते मिस्टर सुप्रान्याशनलको थर्ड रनर अप उपाधि

हेल्थपोस्ट नेपाल

डा. सन्तोष उपाध्यायले उपाध्यायले अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर सुप्रान्याशनलमा २०२१’ मा थर्ड रनर अपको उपाधि जितेका छन्।

मिस्टर सुप्रान्याशनल प्रतियोगितामा नेपालले सहभागिता जनाएको पहिलो पटक हो।

पोल्यान्ड भएको उक्त कार्यक्रममा नेपालका तर्फबाट डा.  उपध्यायले तेस्रो स्थान हाँसिल गरेका हुन्।

सन् २०२१ को संस्करण पोल्यान्डमा आयोजना भएको थियो र ३४ राष्ट्र सहभागी थिए। उक्त कार्यक्रमको ग्राण्ड फिनाले अगस्ट २२ मा भएको हो।

उनले ट्यालेन्ट राउन्डमा नेपाली गीत गाएका थिए भने, निर्णायक मण्डलका एक निर्णायकका पनि चित्र कोरेका थिए। उनले फिटनेश कम्पिटिसनमा चौथो स्थान पनि हाँसिल गरेका थिए।

उनले आफ्नो अभियान ‘आफ्नो किताब आफैं रोपौं’ ले मानिसहरुलाई प्रेरित गरेका थिए। उनले रुख काट्नुमा सबै जिम्मेवार भएको भन्दै १० लाख रुख रोप्ने योजना बनाएका छन्। मानिसहरुले आफूले किताब पढे वापत रुख रोप्नुपर्ने धारण राखेका छन्।

उनी मिस्टर नेपाल २०१९ का पनि विजेता हुन्।

डा. उपाध्यायले  त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंज क्याम्पसबाट एमबिबिएस सकेका छन्। चिकित्सा पेसाबाहेक फोटोग्राफी, स्केचआर्ट, संगीतमा रुची रहेको उनले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *