डेल्टा भेरिअन्टले अरूभन्दा दोब्बर ‘सिकस्त’ बनाउन सक्छ

चिकित्सकीय अनुसन्धानहरू प्रकाशित गर्ने एउटा अन्तर्राष्ट्रिय जर्नल ‘द ल्यान्सेट’ले गरेको एउटा अध्ययनले कोरोना भाइरसको ‘डेल्टा’ भेरिअन्ट अरू भन्दा दोब्बर घातक रहेको निष्कर्ष निकालेको छ।
डेल्ट भेरिअन्टकै कारण महामारीमाको थप चपेटामा परेको बेलायतमा यो अध्ययन गरिएको थियो।
अध्ययन प्रतिवेदनका अनुसार अरूको तुलनामा यो भेरिअन्टमा मानिसहरू अझ बढी गम्भिर संक्रमित हुन्छन् र उनीहरूलाई अस्पताल नै पुर्याउनुपर्ने आवश्यकता अझ धेरै बढ्नसक्छ।
बेलायतमा मुख्य चुनौतीका रुपमा फैलिरहेको यो भेरिअन्टको बारेमा अनुसन्धान गरिएको उक्त रिपोर्टले खोपलाई निकै महत्व पनि दिएको छ।
‘कोभिड विरूद्धको खोपले जुनसुकै भेरिअन्टका संक्रमितलाई पनि सिकिस्त हुनबाट रोक्नसक्छ र कम्तीमा अस्पतालसम्म पुग्नुपर्दैन’ अध्ययन प्रतिवेदनमा भनिएको छ।
यसका लागि पब्लिक हेल्थ इङ्गल्यान्ड र मेडिकल रिसर्च काउन्सिलले गत मार्चदेखि मे महिनाबीचका ४३,३३८ कोरोना संक्रमितको बारेमा गहिरो अध्ययन गरेका थिए।
डेल्टा अनि अल्फा भेरिअन्टको संक्रमण उच्च विन्दुमा पुगेका बेला गरिएको यो अध्ययनले खोप नै नलगाएका मानिसहरू बढी संक्रमित र अझ बढी गम्भिर भएको तथ्य देखाएको थियो।
डेल्टा भेरिअन्टबाट सङ्क्रमित मध्ये २.३ प्रतिशत, र अल्फा भेरिअन्टबाट सङ्क्रमित मध्ये २.२ प्रतिशत संक्रमित अस्पताल नै भर्ना हुनुपरेको थियो।
पब्लिक हेल्थ इङ्गल्यान्डको अध्ययनले फाइजर खोप लगाएकाहरूलाई ९६ प्रतिशत र आस्ट्राजेनेका लगाएकाहरूलाई ९२ प्रतिशतसम्म अस्पताल पुग्नबाट रोक्नसकेको देखाएको ५।
बेलायतमा १६ वर्ष माथिका ८८ प्रतिशत अर्थात् चार करोड ७९ लाख मानिसले खोप लगाइसकेका छन्। दोस्रो मात्रा लगाउने चार करोड २० लाख अर्थात् ७८ प्रतिशत छन्। बिबिसीकाे सहयाेगमा