काठमाडौं उपत्यकामा ५४९ संक्रमित थपिए

हेल्थपोस्ट नेपाल

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार १७६ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर एक हजार ८५७ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै ५४९ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै ३७० जना छन् । यस्तै, ललितपुरमा ६७ र भक्तपुरमा ११२ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर २७ जनाको मृत्यु पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर दुई हजार २२२ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

नेपालमा हाल ३६ हजार ८६६ सक्रिय संक्रमित रहेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ। संक्रमणका कारण ज्यान गुमाउनेको कूल संख्या १० हजार ६९० पुगेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *