१८५७ कोरोना संक्रमित थपिँदा २७ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल
पछिल्लो २४ घण्टामा थप १ हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कूल १३ हजार १७६ नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४०९ पिसिआर परीक्षणमा १ हजार ५१६ जना र ३ हजार ७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १ हजार ८५७ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २ हजार २२२ जना संक्रमणमुक्त भएका छन् भने २७ जनाको मृत्यु भएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *