‘पूर्वसंक्रमणले डेल्टा भेरियन्टबाट रोक्छ’

हेल्थपोस्ट नेपाल

फाइजर र बायोएनटेक खोप दुवै मात्रा लगाएका व्यक्तिहरुमा भन्दा अघिल्लो लहरमा कोरोना संक्रमण भई निको भएका व्यक्तिहरुलाई कोरोनाको डेल्टा भेरियन्ट संक्रमण हुने सम्भावना ज्यादै न्यून रहेको एक अध्ययनले देखाएको छ।

विश्वभरिकै खोप लगाएका व्यक्तिहरु र कोरोना संक्रमणबाट निको भएका व्यक्तिहरुको इम्युनिटी दाँजेर हेर्दा संक्रमित भइसकेकाहरुमा पुनः संक्रमण कमै देखिएको छ।

इजरायलले गरेको अध्ययनमा खोप लगाएका व्यक्तिहरुलाई खोपले सुरक्षित गर्ने देखिएको थियो। तर, यसमा डेल्टा भेरियन्टबाट जोगाउने भनेर उल्लेख गरिएको छैन।

पहिले नै संक्रमित भई निको भएकालाई यो खुसीको खबर हो भने खोप लगाउनेहरु कोरोना सर्दैन भनेर ढुक्क भएर बस्न नसकिने अध्ययनले देखाएको छ।

निको भएका संक्रमितभन्दा फाइजर तथा बायोएनटेकको खोप लगाएका व्यक्तिहरुमा पुनः संक्रमित हुने सम्भावना ६ गुणाले बढी छ भने लक्षणयुक्त रोग लाग्नसक्ने सम्भावना ७ गुणाले बढी रहेको छ।

अध्ययनअनुसार प्राकृतिक इम्युनिटीले पछिसम्म डेल्टा भेरियन्टबाट सुरक्षा दिने तथा लक्षणसहितको संक्रमण, अस्पताल भर्ना हुनबाट पनि जोगाउँछ।

तर, कारोना संक्रमित भइसकेकालाई खोप दिँदा झनै बढी सुरक्षा दिने अध्ययनले देखाएको छ।

ब्लुक्बर्गको सहयोगमा

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *