एक्कासी किन फर्किन्छ खुट्टा ? यस्ता छन् कारण

तपाईं हामी मध्ये धेरैलाई खुट्टा बाउँडिने अथवा मासु फर्किने समस्याले सताउँछ । तर त्यो किन हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ।
खुट्टाको तिघ्रानिर वा पिँडौँलाको मासु पल्टनु वा अर्को सर्नुलाई सामान्य बोलीचालीको भाषामा खुट्टा पल्टिनु, बाउँडिनु वा खुट्टा फर्किनु भनिन्छ। प्रायः राति खुट्टा पल्टिने वा बाउँडिनु गदर्छ।
एक्कासी तिघ्रा र पिँडौलाको मासु खुम्चिन गई राति अथवा आराम गरेको बेला खुट्टा पल्टिन्छ। तिघ्राबाहेक खुट्टाको पैताला तथा शरीरका अन्य भाग पनि बाउँडिने गर्छ। यो समस्या अधिकांश मानिसले भोग्ने गरेका हुन्छन्।
खुट्टा फर्किने वा बाउँडिने समस्याको यकिन कारण भने छैन। विभिन्न कारणले गर्दा यस्तो समस्या देखापर्छ।
१. पोषक तत्वको अभाव
पोषक तत्वहरू सोडियम, पोटासियम, क्याल्सियम, म्याग्नेसियम आदिले शरीरलाई आवश्यक मात्रामा उपलब्ध नहुँदा मासु पल्टिने गर्छ। यी पोषक तत्वहरूले स्नायुको सन्देश लैजान, मासु खुम्चाउन तथा मासुको कार्य राम्रोसँग गर्न सहयोग गर्छन्।
सोडियममा सकारात्मक आयोन हुन्छ जसले गर्दा स्नायुको सन्देश लैजान र मासु खुम्च्याउन सहयोग गर्छ भने क्याल्सियमले मासु खुम्च्याउन र स्नायु सन्देश निकाल्न सहयोग गर्छ। पोटासियमले सोडियम र क्लोराइडसँग मिलेर विद्युतीय सन्देश निकाल्न स्नायु र मासुलाई सहयोग गर्छ। त्यस्तै शरीरमा भिटामिन बि १२ को कमि हुँदा पनि राति खुट्टा पल्टिन्छ।
पानीको कमी
शरीरमा पानीको कमीले गर्दा पनि मानिसहरुलाई मांसपेशी बाउँडिने समस्या हुने गर्छ । शरीरमा पानी कम हुँदा शरीरमा पौष्टिक तत्वको कमी हुन्छ । शरीरमा तरल पदार्थ तथा मिनरल्सको कमीले गर्दा इलेक्ट्रोलाईको मात्रा विग्रने हुँदा यो समस्या उब्जन्छ ।
मध्यपानको प्रयोग
धेरै मध्यपानले हातखुटृाको नशा खराब गराउन सक्छ। यसलाई मेडिकल भाषामा अल्कोहोलिक न्युरोप्याथी भनिन्छ। खुटृा दुख्ने र फर्किने अल्कोहोलिक न्युरोप्याथीका प्रमुख लक्षण हुन्।
धेरै मध्यपान गर्दा धेरै पिसाब लाग्ने हुँदा जलवियोजन हुन गई खुटृा पल्टेको पनि हुन सक्छ।
बसाई नमिलेमा
हामीमध्ये धेरैजसो बसाईंमा त्यति ध्यान दिँदैनौ । जसले गर्दा शरीरमा बसाईंको तालमेल मिल्दैन । यसल शरीरको एउटा भागमा मात्र प्रेसर पर्न गई उक्त भागमा पोषण लगायतको अक्सिजनको कमी भएर मासु बाउँडिने गर्दछ ।
लामो समयसम्म उभिँदा
कडा ठाँउमा लामो समयसम्म उभिँदा, अग्ला हिल लगाउँदा र खुट्टामा नमिलेको जुत्ता लगाउँदा मासु थाक्न गई खुटृा पल्टिने हुन्छ। केही समय अगाडीको एक अध्ययन– अनुसन्धान अनुसार लामो समयसम्म उभिनु खुटृा पल्टनुको एउटा महत्वपुर्ण कारण हो। उक्त अध्ययनले यस्तो समस्या भएमा रोकथामका लागि लामो समयसम्म नउभिन सुझव दिएको छ। साथै अप्ठेरो गरेर बस्ने र अप्ठेरो गरेर सुत्ने बानीले पनि खुट्टा फर्किन सक्छ।
रक्तसञ्चार राम्राे नभएमा
शरीरमा रक्त सञ्चार राम्ररी नभएमा पनि मासु बाँउडिने गर्दछ । यसको रोकथामका लागि उक्त भागलाई कस्ने भन्दा पनि तातो लगाएर रक्त सञ्चारलाई प्रभावकारी बनाउनु पर्दछ।
यसको रोकथामका उपायहरु यस्ता छन्
१. प्रसस्त पानी, फलफूलको रस र दालको रस पिउने।
२. धेरै मध्यपान, कफी र सोडा सेवन नगर्ने।
३. सुत्नुअघि खुट्टालाई तन्काउँदा यो समस्या कम हुन सक्छ। सुत्नुअघि १० मिनेट साइकल चलाउँदा पनि खुट्टा फर्किने समस्या रोकिन्छ।
४. लगातार लामो समय सम्म नउभिने। अप्ठ्यारो गरेर नबस्ने साथै अप्ठ्यारो गरेर नसुत्ने।
५. सुत्दा नरम ब्ल्याङकेट र नरम ओछ्यान प्रयोग गर्ने।
६. १० देखि १५ मिनेट मासु फर्किएको छ भने मसाज गराउने।
७. पोटासियम, क्याल्सियम र म्याग्नेसियम धेरै भएका खाने कुरा (फलफूल, गेडागुडी आदि) प्रशस्त खाने।