मनसुनी वायुका कारण नेपालमा केही दिन यता लगातार वर्षा भइरहेको छ। मनसुनको न्युन चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेकाले वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।शनिबार बिहान सातवटै प्रदेशका केही- केही स्थानमा वर्षा भइरहेको छ। शनिबार दिउँसो धेरै स्थानमा वर्षाको सम्भावना छ। सबै प्रदेशहरूमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। त्यस्तै राति प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
आइतबार प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारी/धेरै भारी वर्षाको आँकलन गरिएको छ। राति मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना छ।
सोमबार दिउँसो प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका प्रदेशका एक-दुई स्थानमा भारी/धेरै भारी सम्भावना छ।