शुक्रबार २ हजार ३३७ संक्रमणमुक्त, २५ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा देशभर २ हजार ६५ कोरोना संक्रमित थपिएका छन्। ८ हजार ७५२ जनाको पिसिआरबाट १ हजार ५७७ र ४ हजार ३६५ को एन्टिजेन परीक्षणबाट ४८८ जना गरी २ हजार ६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै सोही समयमा २५ संक्रमितको मृत्यु भएको छ भने २ हजार ३३७ जना संक्रमणमुक्त भएका छन्।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ७ लाख ५६ हजार ७९२ पुगेको छ भने मृत्‍यु हुनेको संख्या १० हजार ६६३ पुगेको छ। यस्तै ७ लाख ८ हजार २३० जना संक्रमणमुक्त भएका छन्।मन्त्रालयकाअनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ रहेको छ। जसमध्ये ३४ हजार ६७६ जना होम आइसोलेसन र २ हजार ९२३ जना संस्थागत आइसोलेसनमा छन्। संक्रमितमध्ये ६२२ जना आइसियु र १७१ जना भेन्टिलेटरमा उपचाररत छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *