के मिति सकिएको खोप लगाइँदै छ! यसो भन्छ मन्त्रालय?

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोपको म्यादबारे भ्रममा नपर्न सबैलाई अनुरोध गरेको छ।

पछिल्लो समय सामाजिक सञ्जालमा कोरोना भाइरस विरुद्धको मिति  सकिएको खोप प्रयोग भइरहेको अफवाह फैलिएको प्रति ध्यानाकर्षण भएको मन्त्रालयले जनाएको छ।

भुटान सरकारबाट आएको २ लाख ३० हजार खोपको मिति अगस्ट महिनासम्म रहेको स्वास्थ्य सेवा विभागका खोपका शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए।

‘हामीलाई भुटान सरकारबाट सहयोग  भएको २ लाख ३० हजारकाे मिति अगस्ट सम्म थियो,’ डा. गौतमले भने, ‘ तर, हामीले त्यो खोप एक हप्ता अगाडी लगाइसक्यौं।’

सरकारले १८ वर्ष उमेर पुगेका कक्षा १२ का विद्यार्थीहरू र सीमा नाकाका प्रवेश बिन्दुहरुबाट नेपाल प्रवेश गर्ने १८ वर्ष पुरा भएका नागरिकलाई एस्ट्राजेनेका खोप दिने निर्णय गरेको थियो।

डा. गौतमले अफवाहको पछि नलागी ढुक्कसँग आफ्नो पालोमा खोप लगाउन आग्रह गरे।

‘कोरोना भाइरस विरुद्धको खोपको म्यादको सम्बन्धमा मन्त्रालय सचेत छ। म्याद सकिनु अघि नै सबै खोप प्रयोगमा भइसकेका छन्,’ डा. गौतमले भने।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *