बिपी प्रतिष्ठानको आन्दोलनरत पक्षले सम्झौता कार्यान्वयनका लागि दियो सात दिने अल्टिमेटम

हेल्थपोस्ट नेपाल

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको अनियमितताविरुद्ध आन्दोलन गरिरहेका स्वास्थ्यकर्मी तथा विद्यार्थीले आफ्ना माग पूरा गर्न सरकारलाई सात दिने अल्टिमेटम दिएका छन्।

बिपी प्रतिष्ठानको शुद्धीकरण अभियान सञ्चालन गरिरहेका उनीहरुले ६ बुँदे माग अगाडि सारेका छन्। सात दिनभित्र आफ्ना माग पूरा नभए सम्पूर्ण फ्याकल्टी, चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, आवासीय चिकित्सक, विद्यार्थीलगायत सबैले आफ्नो नियमित काम गर्न असमर्थ हुने जनाएका छन्।

यस्तो छ आन्दोलनरत पक्षको ६ बुँदे माग

१. नेपाल सरकार स्वास्थ्य मन्त्रालयले हामीसँग २४ दिनअगाडि गरेको सम्झौता द्रुतगतिमा पालना गरियोस्।

२. प्रधानमन्त्री र प्रा। डा। गोविन्द केसीबीच १० दिन अगाडि भएको सम्पूर्ण सम्झौता कार्यान्वयन गरियोस्।

३. बैकुण्ठ अर्याल नेतृत्वमा नेपाल सरकारको उच्चस्तरीय छानबिन समिति टोलीले बुझाएको छानबिन कमिटिको प्रतिवेदनमा राखिएकै समयतालिका अनुसार लागू गरियोस्।

४. हालै नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगले ’स्वास्थ्य सेवा’ र ’शैक्षिक गतिविधि’को अध्ययन प्रतिवेदन तुरुन्त सार्वजनिक गरियोस्।

५. पदाधिकारीहरु छनोट मापदण्ड तयार गर्दा चिकित्सा शिक्षामा अनुभवी कम्तिमा दुईजना प्राध्यापकहरु संलग्न गरियोस्। सो मापदण्ड निर्धारण भैसकेपश्चात पदाधिकारी छनोट विज्ञ प्राध्यापकहरुको समूहले नै गर्ने वातावरण सुनिश्चित गरियोस्।

६. उपकूलपतिको हकमा प्राध्यापक भए नभएको कागजात मन्त्रालयलाई बुझाइसकेको हुनाले कानुनी प्रकृया अघि बढाइयोस्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *