चिकित्सा शिक्षा स्नातक तहको म्याचिङ प्रक्रिया अर्को हप्ताबाट सुरु हुने

चिकित्सा शिक्षा तर्फको स्नातक तहको म्याचिङ प्रक्रिया अर्को हप्तादेखि सुरू हुने भएको छ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीका अनुसार केही दिनमा सूचना जारी गरिने छ।
स्नातक तहको एमबिबिएस, बिडिएस, बिएस्सी नर्सिङ, बिएएसएलपी, बि पफ्र्युजन टेक्नोलोजी, बिएएमएस, बिएनएस, बिएस्सी एमएलटी, बिएस्सी एमआइटी, बि फार्म, अप्टोमेट्री, बिपिटी लगायतका चिकित्सा शिक्षामा भर्ना प्रक्रियाका लागि अर्को हप्तादेखि म्याचिङ प्रक्रिया सुरु गर्ने तयारी गरेको डा. गिरीले जानकारी दिए।
‘स्नातक स्नातक म्याचिङ सम्बन्धि सूचना प्रकाशित गर्ने तयारी गरिहेको छौं,’ डा. गिरीले भने, ‘ पहिला छात्रवृत्ति र विदेशी विद्यार्थीको गछौं। त्यसपछि बाँकी रहेको सिटहरू खुल्ला तर्फबाट गछौं।’
म्याचिङ सुरुभएसँगै विद्यार्थी भर्ना प्रक्रिया सुरु हुने छ। आयोगले साउन ९ देखि १३ गतेसम्म एकीकृत प्रवेश परीक्षा लिएको थियो।