कोरोना विरुद्दको भेरोसेल खोप आजबाट दिइँदै, क–कसले पाउँछन् ?

काठमाडौंमा उपत्यकामा कोरोना विरुद्धको भेरोसेल खोप पहिलो डोज लगाएका नागरिकले आजदेखि दोस्रो डोज पाउने भएका छन्।
स्वास्थ्य कार्यलय काठमाडौंका प्रमुख बद्री खड्काले साउन १४ गतेबाट पहिलो मात्रा लगाएका लागि दोस्रो मात्रा आज देखि दिइरहेको जानकारी दिए।
आजदेखि सुरू भएको खोप अभियान ३ दिनसम्म भेरोसेल खोपको दोस्रो मात्रा दिन लागिएको हो।
स्वास्थ्य कार्यालयका अनुसार भेरोसेलको पहिलो मात्रा लगाएका ५० वर्षभन्दा माथि उमेर समुहका दिइने छ। त्यसैगरी,विश्व विद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक, नेपाल सरकारले तोकेको अत्यावश्क सेवामा कार्यरत व्यक्तिहरु, यस अघि भेरोसेलको दोस्रो मात्रा लगाउन छुटेका नागरिकलाई खोप दिइने छ।
प्रमुख खड्का अनुसार दोस्रो मात्रा खोप लगाउने जाने नागरिकले पहिलो मात्रा खोप लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटो सहितको नम्बर ल्याएको आधारमा खोप दिइनेछ।