कोरोना विरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ गर्न सरकारको अनुमति

हेल्थपोस्ट नेपाल

सरकारले कोरोनाविरुद्ध खोपको  ‘क्लिनिकल ट्रायल’  गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले चीनमा उत्पादन गरिएको एमआरएनए खोपलाई नेपालमा परीक्षण गर्न अनुमति दिएकाे छ।

कोरोनाको खोपसँगै बैठकले हैजाविरुद्धको खोपको पनि परीक्षण गर्न अनुमति दिने निर्णय गरेको कानुनमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद ((एनएचआरसी) का कार्यकारी प्रमुख प्रदीप ज्ञवालीका अनुसार परिषदले इथिकल स्वीकृति प्रदान गरेको चीनमा निर्मित वालभ्याक्स खोपलाई मन्त्रिपरिषदले परीक्षण गर्न अनुमति प्रदान गरेको हो । चिनियाँ कम्पनीले नेपालमा देउराली जनता फार्मास्यूटिकल्ससँगको सहकार्यमा खोपको परीक्षण गरिने ज्ञवालीले जानकारी दिए।

उनका अनुसार नेपालमा ३००० जनामा यसको परीक्षण गरिने छ ।  यो खोपको तेस्रो तहको परीक्षण हो।

कोरोनाको एमआरएनए खोपसँगै मन्त्रिपरिषदले परीक्षण अनुमति दिएको हैजाको खोपको ट्रायल भने दक्षिण कोरियास्थित इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई) ले गर्न लागेको हो । इन्स्टिच्युटले यसअघि पनि नेपालमा धेरैवटा खोपको ट्रायल गराइसकेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *