एकैदिन २६ जनाको मृत्यु, १६५ भेन्टिलेटर सहित ६२० आइसियुमा उपचार

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा दुई हजार ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ३७४ नमुना परीक्षणमा दुई हजार ४३३ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा एक हजार ९२९ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा २६ एक जना संक्रमितको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमध्ये ३५ हजार ३५४ होम आइसोलेसनमा छन्। त्यसैगरी, संस्थागत आइसोलेसनमा ३ हजार ३० संक्रमित छन्।

मन्त्रालयको तथ्यांक अनुसार १६५ भेन्टिलेटर सहित ६२० जना आइसियुमा राखि उपचार भईरहेको छ।

देशभर ३६६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *