बेलायतबाट एक लाख एस्ट्राजेनेका खोप आज आउँदै

बेलायत सरकारले नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोप आज आउँदैछ।
स्वास्थ्य सेवा विभागको आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार १ लाख ३१ हजार डोज कतार एयलाइन्सबाट पाँच बजे नेपाल आइपुग्ने कार्यतालिका छ।
‘बेलायत सरकारले उपलब्ध गराएको एक लाख भन्दा बढी एस्ट्राजेनेका खोप आज साँझ आउने कार्यतालिका रहेको छ।
त्यसैगरी, असोज दोस्रो साताभित्र थप ६१ लाख मात्रा कोरोना विरुद्धको खोप आइपुग्ने सुनिश्चित भएको उनले जानकारी दिए।
सरकारले २ करोड १७ लाख ५६ हजार सात सय ६३ जनालाई खोप लगाउने योजना बनाएको छ। हालसम्म एक करोड ३२ लाख मात्रा खोप भित्रिसकेको छ । सरकारले असोजभित्र एक तिहाइ जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ।