एमाले सचिव भीम आचार्यका भाइ मृत भेटिए

हेल्थपोस्ट नेपाल

प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारी गरिरहेका प्रदेश सांसद एवं एमाले सचिव भीम आचार्यका भाइ राम आचार्य मृत अवस्थामा भेटिएका छन्। सुनसरी सदरमुकाम इनरुवा–३ स्थित घरमा आचार्य मृत अवस्थामा भेटिएका हुन्।

रामको शव घरभित्र फेला परेको छ। उनले आत्महत्या गरेको आशंका गरिएको छ। प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाइरहेको बताइएको छ। स्थानीयका अनुसार मृतक राम केही समयदेखि मानसिक रोगले पीडित थिए।

विहीबार बिहानै उनको मृत्युको खबर आएपछि परिवारका सदस्यलाई पर्खिएर कोठा फोरिएको हो। घटनास्थलमा एमाले सचिव भीम आचार्यकी पत्नीसमेत पुगेकी छिन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *