प्रदेश १ ले माग्यो स्वास्थ्य कर्मचारी, कुन–पदमा कति?

प्रदेश १ को मैवाखोला गाउँपालिकाले स्वास्थ्यकर्मीको माग गरेको छ।
गाउँपालिकाले एक सूचना जारी गर्दै विभिन्न पदका लागि १० जनाको लागि कर्मचारीको माग गरेको हो।
गाउँपालिका अनुसार मेडिकल अधिकृत, स्टाफ नर्स, रेडियोग्राफर पाँचौ तह, अनमी , ल्याब असिटेन्ट एक–एक जनाको माग गरेको छ।
त्यसैगरी, हेल्थ असिस्टेन्ट दुइ र अहेव तीन जनालागि खुल्ला आह्वान गरेको छ।
गाउँपालिकाले भदौ २३ सम्म दरखास्त दिन सकिने जनाएको छ। सेवा–सुविधा गाउँपालिकाको नियमानुसार हुनेछ।
Good