काठमाडौं उपत्यकामा मात्रै एक तिहाई सक्रिय संक्रमित

हेल्थपोस्ट नेपाल

नेपालमा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या ३८ हजार भन्दा बढी छ। त्यमध्ये एकतिहाइ सक्रिय संक्रमित काठमाडौं उपत्यकामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ ।

मन्त्रालयको बुधबार तथ्यांकानुसार देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २८७ रहेको छ । त्यसमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा १० हजार ४८६ संक्रमित छन्।

जसमध्ये काठमाडौंमा ६ हजार ७९२ , ललितपुरमा २ हजार २ सय १६ र भक्तपुरमा १ हजार ४७८ जना सक्रिय संक्रमित छन्।

नेपालमा पछिल्लो समय दैनिक संक्रमणमुक्त हुनेभन्दा संक्रमित हुनेको संख्या बढी छ। सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेका जिल्लालाई कोभिड संक्रमणको जोखिमका हिसाबले रेड जोनमा राखिएको छ ।

नेपालमा अहिले काठमाडौं उपत्यकाका तीनसहित मोरङ, सुनसरी झापा, चितवन, मकवानपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही, सुर्खेत र कैलालीलाई रेड जोनमा राखिएको छ ।

त्यस्तै, १९ जिल्लामा सक्रिय संक्रमित २०० भन्दा बढी रहेको मन्त्रालयको तथ्यांक छ। नेपालमा बुधबारसम्म कोभिड–१९ संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *