एसिड पीडित साहलाई प्रदेश २ सरकारको ५ लाख सहयोग

हेल्थपोस्ट नेपाल

प्रदेश २ सरकारले एसिड पीडित आरती साहलाई ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ। मुख्यमन्त्री लालबाबु राउतले साहलाई आज सहयोग रकम प्रदान गरेका हुन्।

मुख्यमन्त्री राउतले पीडित साह घाइते भएकै बेला सहयोग रकम घोषणा गरेका थिए। उक्त अवसरमा समाजिक विकास मन्त्री नवल किशोर साहकोसमेत उपस्थिति रहेको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *