मोटरसाइकलको ठक्करबाट गर्भवतीको मृत्यु

हेल्थपोस्ट नेपाल

झापा – मोटरसाइलको ठक्करबाट झापामा एकजना गर्भवती महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका-९ की २३ वर्षीया दीक्षा प्रसाईं रहेकी छन्। चिकित्सकले असोज १२ गते उनको बच्चा जन्मने समय दिएका थिए।

पेटमा रहेको बच्चालाईसमेत बचाउन नसकिएको चिकित्सकले बताएका छन्। घर नजिकैको सडकमा हिँडिरहेकी दीक्षालाई बुधबार साँझ बा. २७ प ६४२२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। गम्भीर घाइते प्रसाईंलाई उपचारका लागि ओमसाई पाथीभरा हस्पिटल भद्रपुर लगिएको थियो।

थप उपचारका लागि राति नै लाइफलाईन अस्पताल दमक लगिए पनि आज बिहान साढे दुई बजे उनको निधन भएको हो। दुर्घटनालगत्तै मोटरसाइकल चालक ३३ वर्षीय मनप्रसाद तिवारीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *