विभागका महानिर्देशक भट्टराईले गरे औषधिको मुल्य बढाउने चलखेल, यी हुन् प्रस्तावित मूल्य

हेल्थपोस्ट नेपाल

औषधि व्यवस्था विभागले औषधिको मूल्य बढाउने तयारी गरेको छ। मुल्य परिमार्जनका लागि बिहिबार औषधि व्यवस्था विभागमा बैठक बस्न लागेको छ।

विभागले आज दिउसो १ बजे औषधि मूल्य अनुगमन समितिको बैठक पत्र काटेको छ।

विभागले नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, नेपाल फर्मास्युटिकल्स एसोसियसन र उपभोक्ता जागरण तथा हित संरक्षण मञ्चलाई बैठकमा बोलाएको छ।

बैठकमा औषधिहरुको मूल्य परिमार्जन, संशोधन गर्ने, मूल्य निर्धारण कार्यविधि र मूल्य निर्धारण नभएका औषधिको मूल्य निर्धारण गर्ने विषयमा छलफल हुने विभाग स्रोेतले जनाएको छ।

औषधि मूल्य बढाउन व्यवसायीको मिलेमतोमा विभागको चलखेल भइरहेको विभाग स्रोतको भनाई छ।

विभागले पारासिटामोलहरू तथा तरल पदार्थका विभिन्न औषधिको प्रस्तावित मूल्य समेत तोकेको छ।

कोरोना महामारीकै मौका छोपेर औषधिको मूल्य बढाउन व्यवसायीको मिलिमहतोमा विभागका महानिर्देशक भरत भट्टराई लगायतका केही कर्मचारीहरू सक्रिय रूपमा लागिपरेको विभागको कर्मचारी बताउँछन्।

‘विभागका भएका टिम र व्यवसायी बीच मूल्य बढाउन आन्तरिक लगइन भइरहेको छ,’ ती कर्मचारी भन्छन्, ‘केही औषधिको सिमित रूपमा मूल्य बढाउने होला। तर, अत्यावश्यक औषधिको ठुलो मूल्य बढाउने चलखेल भइरहेको छ।’

हाल मूल्यकै विषयलाई लिएर बजारमा सिटामोल जस्ता औषधिको पनि कृत्तिम अभाव खडा भइरहेको छ।

‘कम आवश्यक औषधिलाई केही रकम बढाएर सिटामोलमा कम लिन सकिन्छ नि। अत्यावश्यक रहेको देशको निम्न वर्गले प्रयोग हुने औषधिमा कम मूल्य लिन सकिन्छ। उद्योगीले एक औषधिमा बढी लिएर अरूमा कम मुल्य लिन सकिन्छ नि,’ उनले भने।

अति आवश्यक पर्ने २१ भन्दा बढी औषधिको मूल्य बढाउन महानिर्देशक भट्टराई लागिपरिरहेको स्रोतको दाबी छ। विभागले केहि औषधिको प्रस्तावित मूल्य पनि तोकेको छ।

विभागले पारासिटामोल र अन्य औषधीको प्रस्तावित मूल्य तोकेको छ। हाल पारासिटामोल ट्याबलेटको मूल्य १ रुपैया छ भने यसलाई बढाएर २ रुपैयाँ बनाउन पर्ने प्रस्ताव गरिएको छ।

त्यस्तै, पारासिटामोल झोल औषधीको हाल अधिकतम मूल्य ३०रुपैयाँ छ भने अब बढाएर ५० रुपैयाँ बनाउन पर्ने प्रस्ताव पेस गरिन लागिएको हो।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *