बढ्न थाले सिजनल फ्लुका विरामी

कोरोना संक्रमणको जोखिम बढेसँगै सिजनल फ्लुका विरामीहरु पनि बढ्न थालेका छन्।
घाँटी दुख्ने, ज्वरो आसउने, टाउको दुख्ने जस्ता लक्षण देखिने सिजनल फ्लुमा पनि कोरोना जस्तै लक्षण देखिने गर्दछ।

त्यसैले गर्दा अस्पतालमा कोरोनाका संंकास्पद विरामीहरु बढ्दै जान थालेका छन्। कोरोना संक्रमण भए पनि सिजनल फ्लु हो भनेर घरमै बस्नुहुन्न।

सामान्य लक्षण देखाउँदा अस्पतालमा गई परीक्षण गराउनु पर्दछ।
समयमै परीक्षण गरे ढुक्क हुन्छ।

हाल अस्पतालमा सिकिस्त भएर उपचारमा आउने विरामीको संख्या बढ्दै जान थालेका छन्। पहिलेको तुलनामा संक्रमितको संख्या कम भएपनि अस्पताल भर्ना हुन आउने विरामी भने घटेको छैन।

कोभिडको विरामीले ८० प्रतिशत शैया भरिएको छ। अस्पतालमा सिकिस्त विरामी भएका कारण बेड अकुपेन्सि पनि बढेको छ।

शुरुको समयमा लकडाउनपछि कोभिडका विरामी घटेको तथा नन् कोभिडका विरामीहरु बढेको तथ्याङकले देखाएको छ भने हालको लकडाउन पछि नन् कोभिडकेश त बढेको छ नै, कोरोनाका विरामी भने घटेका छैनन्। त्यस्तै, अस्पतालमा दमको रोगका विरामी बढ्न थालेको छ।

विरामीहरुले कोरोना तथा सिजनल फ्लु भएपछि एन्टिबायोटिक औषधीको प्रयोग गर्न थालेका छन्।
सिजनल फ्लु पनि भाइरस नै भएका कारण एन्टिबायोटिक औषधीको प्रयोग गर्न हुँदैन। प्रयोग गर्नुपरे पनि चिकित्सकको सल्लाह अनुसार मात्र खानुपर्दछ।

त्यस्तै, विरामीको अवस्था गम्भीर भए अस्पतालमा उपचार गराउन लानुपर्छ भने सामान्य विरामीले घरमै उपचारका विधि अपनाएर निको बनाउन सकिन्छ।

डा.श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड–१९फोकल पर्सन हुन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *