देशभर थपिए २४८२ कोरोना संक्रमित,  ४४ को मृत्यु

हेल्थपोस्ट नेपाल

२४ घण्टामा २४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार आज देशभर ९,७११ जनामा पिसिआर र ५,५७९ जनामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा २४८२ जनामा कोरोना पुष्टि भएको हो।

कूल १५२९० जनामा गरिएको परीक्षणमा १,८३२ पिसिआर विधिबाट र एन्टिजेन विधिबाट ६२० जनामा संक्रमण पुष्टि भएको हो।

२४ घण्टामा ४४ जनाको मृत्यु भएको छ। हालसम्म देशभर १०,६१२ जनाको मृत्यु भएको छ।

त्यस्तै, आजसम्मको तथ्याङक अनुसार आईसियुमा ६१० र १५९ भेन्टिलेटरमा उपचार गराइरहेका छन्।
२० जिल्लामा ५०० भन्दा बढि सक्रिय संक्रमित रहेका छन्।

काठमाडौंमा ५१५, भक्तपुरमा १४२ र ललितपुरमा ८८ गरी काठमाडौं उपत्यकामा कूल ७४५ जनामा संक्रमण पुष्टि भएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *