काठमाडौंमा भेरोसेलकाे दोस्रो मात्रा भदौं ११ गतेबाट दिइने

हेल्थपोस्ट नेपाल

काठमाडौंमा उपत्यकामा कोरोना विरुद्धको भेरोसेल खोप पहिलो डोज लगाएका नागरिकले भदौ ११ गतेदेखि दोस्रो डोज पाउने भएका छन्।

स्वास्थ्य कार्यलय काठमाडौंका प्रमुख बद्री खड्काका अनुसार साउन १४ गतेबाट पहिलो मात्रा लगाएका लागि दोस्रो मात्रा दिने तयारी भएको जानकारी दिए।

कार्यालयले यसभन्दा भदौ ९ गतेदेखि दोस्रो डोज दिने कार्यतालिका बनाएको थियो । तर भदौ ५, ६ र ७ गते लगातार तीन दिन सार्वजनिक विदा पर्न जाँदा कार्यतालिका हेरफेर गरिएको थियो।

अहिले ४० बर्षभन्दा माथिका नागरिकलाई पहिलो मात्राको खोप दिइरहेको खड्काले बताए। अहिले एष्टेजेनिका र भरोसेल खोप लगाइरहेको छ।

‘भदौ ४ गतेदेखि पहिलो डोज लगाउन सुरु गरेका थियौं । तर बीचमा लगातार तीन दिन सार्वजनिक विदा भयो। त्यसैले पर्सीसम्म पहिलो मात्राको खोप दिनेछौं,’ उनले भने।

भदौ ११ गतेदेखि तीन दिनसम्म चल्ने खोप अभियानमा २ लाख १६ हजार नागरिकले भेरोसेलको दोस्रो डोज लगाउने छन्।

भेरोसेलको दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको कार्ड र विद्युतीय दर्ता नम्बर लिएर जानुपर्ने छ।



Leave a Reply

Your email address will not be published.