दुई बर्षदेखि बन्द भएको मिर्गौला प्रत्यारोपण वीर अस्पतालमा पुन: सुरू

हेल्थपोस्ट नेपाल

 

वीर अस्पतालको नयाँ सर्जिकल भवनमा मात्रै कोरोना संक्रमितको उपचार हुन थालेपछि वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु हुने भएको छ।

कोरोना संक्रमणका कारण रोकिएको प्रत्यारोपण सेवा पुनः सुचारु गर्ने निर्णय गरेको कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पताल वीरका प्रमुख कार्यकारी अधिकारी डा. भुपेन्द्र बस्नेतले जानकारी दिए।

उनका अनुसार मिर्गौला प्रत्यारोपण कमिटिको मंगलबार बिहान बसेको बैठकले प्रत्यारोपण सुरु गर्ने निर्णय गरेको हो ।

देशम पहिलो पटक लकडाउन भएपछि २०७६ चैत ११ गतेबाट वीरमा प्रत्यारोपण सेवा रोकिएको थियो।

मिर्गौला प्रत्यारोपणका लागि चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा रहेको बस्नेत बताए।

उनका अनुसार बिरामीको चापको आधारमा सातामा दुईजनासम्म बिरामीको मिर्गौला प्रत्यारोपण गर्ने गरी तयारी भएको छ।

‘हामीले बिरामी आउनासाथ सेवा सुचारु गर्छौ, मिर्गौला प्रत्यारोपण गर्ने सोचमा रहेका बिरामीलाई सेवा लिन आउन आग्रह गर्छु डा. बस्नेतले भने,‘ अबको दुई हप्तापछि प्रत्यारोपण गर्ने तयारीमा हामी जुटेका छौं।’

मिर्गौला प्रत्यारोपण गर्ने चिकित्सकको टोलीमा डा. पारसमणि श्रेष्ठ, डा.अनिल श्रेष्ठ, डा.रविन बस्नेत, डा.पुकार चन्द्र श्रेष्ठ, डा. रजनी हाडा, डा. अनिल बराल लगायतका चिकित्सकहरु छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *