भरतपुर अस्पताल रेडियोलोजी विभागः जिम्मेवार छैनन् चिकित्सक

हेल्थपोस्ट नेपाल

 

भरतपुर अस्पतालमा रेडियोलोजी सेवा लिन आउनेले हैरानी व्यहोर्नु परिरहेको छ। दिनका समयमा अत्यधिक भिडभाड र रातमा जिम्मेवारी भएर पनि चिकित्सक तथा प्राविधिक नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको हो। अत्यावश्यक उपचारका लागि सो सेवा आवश्यक पर्छ ।

उक्त अस्पतालको ‘सिटिस्क्यान’ र ‘भिडियो एक्सरे’सँग सम्बन्धितलाई रेडियोलोजी विभागले हेर्दै आएको छ। एक्सरेलगायतका अन्य सेवा फरक विभागबाट हेरिँदै आएको छ। दुर्घटनाका घाइते, प्रसूति, एपेन्डिक्स जस्ता अत्यावश्यक सेवाका रेडियोलोजी विभागमा बिरामी पुग्ने गर्दछन्। रातका समयमा टिकट काटेर सेवा नपाएर छट्पपिइरहेका बिरामी देख्दा दिक्क लाग्ने गरेको टिकट काउन्टरमा बस्ने बताउँछन्।

पटकपटक फोन गर्दासमेत चिकित्सक र प्राविधिक समयमा नआउने र उल्टै गाली गलौज गर्ने गरेको काउन्टरमा रहेका एक कर्मचारीले एक वर्ष अघिदेखि नै गुनासो गर्दै आएका छन्।

अस्पतालको रेडियोलोजी विभागमा २४ घण्टा चिकित्सक र प्राविधिकलाई जिम्मेवारी तोकिएको छ। अस्पतालको आकस्मिक कक्ष नजिक रहेको कोठा नम्बर १५ मा सोमबार साँझ ९।१० बजेका समयमा एक महिला भिडियो एक्सरेमा चिकित्सक आउने बाटो हेर्दै थिए। नवलपरासीको सर्दिबाट आकस्मिक उपचारका लागि आएकी ३२ वर्षीया रुपा ९नाम परिवर्तन० साँझ ८ बजेदेखि अस्पतालमा चिकित्सकको पर्खाइमा थिइन्।

गर्भवती समयमा स्वास्थ्यमा समस्या आएर अस्पतालमा उपचारका लागि गएकी उनले अस्पतालको काउन्टरमा रेडियोलोजी विभागमा ‘चिकित्सक कतिखेर आउनुहुन्छ भन्दै सोधी’ राखेको देख्न सकिन्थ्यो। अस्पतालका कर्मचारी भने ‘चिकित्सक आउने समय थाहा नभए पनि फोन गरेको छु आउनुहुन्छ’ भन्दै थिए। बिरामी भएर उपचारका लागि अस्पताल गएकी उनलाई अस्पतालको रेडियोलोजी विभागमा गएर बस्न भनिएको थियो। चिकित्सक कतिखेर आउने हो भन्ने अन्यौलमा थिइन् उनी।

सोही क्रममा काउण्टरमा रहेका कर्मचारीले भने‘रातिमा भिडियो एक्सरेको टिकट नकाटे पनि हुने हो। चिकित्सक कतिखेर आउनुहुन्छ थाहा हुँदैन । यहाँ बिरामी अन्तिम समयमा पुग्ने बेला भैसकेको हुन्छ।’उक्त समयमा क–कसको ‘ड्यिुटी’ हो भन्ने जिज्ञासमा भने ती कर्मचारीले खुलाउन चाहेनन्। रुपा एउटी प्रतिनिधि पात्र मात्र थिइन्। रातको समयमा अस्पताल आउने सबैको समस्या उस्तै थियो।

अस्पतालको सो विभागमा आठ चिकित्सक, एघार प्राविधिक कार्यरत छन्। उनीलाई सिफ्टमा कामको जिम्मेवारी दिइएको छ। रातका समयमा ड्यिुटी पर्ने चिकित्सक आफ्नो कार्यक्षेत्रमा नबस्दा यहाँ आएका बिरामी बाहिर गएर उपचार गाउन बाध्य हुने गरेका छन्। कतिपय समयमा फोन गरेर बोलाए पनि चिकित्सक नआइ प्राविधिकलाई जिम्मा लगाउने गरेको र ‘भिडियो एक्सरे नै हँुदैन’जनाउँदै पठाउने गरेको गुनासो सेवाग्राहीको छ।

अस्पतालको रेडियोलोजी विभागका प्रमुख डा केशव पौडेल २४ घण्टाका लागि पालो मिलाएर चिकित्सक र प्राविधिक रहने गरेको जानकारी दिइन्। आफ्नो पालो परेका समयमा चिकित्सक बस्नुपर्ने उनको भनाइ छ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रोशन न्यौपाने यसलाई व्यवस्थापन गर्ने तयारी गरिएको बताए। अस्पतालमा गएको दुई वर्षमा ६ मेडिकल सुपरिटेण्डेण्ट परिवर्तन भएकाले अस्पताल अस्तव्यस्त बनेको छ। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अस्पताल भ्रमण गर्ने भनिए पनि एकसाता अघिदेखि काठमाडौँ रहेका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा न्यौपाने अस्पताल आएको भए पनि मन्त्री फर्किनु अघि नै उनीसमेत फर्किएका छन्। अस्पतालका एक कर्मचारीले भने ‘अस्पताल मियो बिनाको दाइँ जस्तो भयो।’

अस्पतालमै कार्यरत डा भोजराज अधिकारीलाई विकास समितिको अध्यक्ष बनाएपछि फेरिरहेका मेडिकल सुपरिटेण्डेण्टका कारण अस्पतालमा काम हुनसकेको छैन। स्थिर प्रशासक नहुँदा समस्या भएको उनी बताउँछन्। यो विभाग मात्रै होइन, अधिकांश विभाग अस्तव्यस्त अवस्थामा चलेको छ। सङ्घीय अस्पताल बनेको अस्पतालमा स्थायी मेडिकल सुपरिटेण्डेण्ट नभएसम्म गतिलिन नसक्ने त्यही कार्यरत चिकित्सक बताउँछन्। यो अस्पताल काठमाडौँको प्रसूतिगृहपछि सबैभन्दा धेरै प्रसूति सेवा दिन अस्पतालमा पर्दछ।

त्यसो त सडक सञ्जालले घेरिएकाले धेरै दुर्घटनाका बिरामी यहाँ आउने गर्दछन्। अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मीको निजी अस्पताल र बाहिर जागिर हुनाले उनीहरुको ध्यान सरकारीमा भन्दा निजीमा बढी हुने गरेको छ।
रासस

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *