यी ७० अस्पताल, जहाँ हुन्छ मिर्गौला बिरामीको निःशुल्क डायलाइसिस उपचार

हेल्थपोस्ट नेपाल

 

स्वास्थ्य मन्त्रालयले मिर्गौला का विरामीहरुलाई आवश्यक पर्ने संपूर्ण डायलाइसिस उपचार पूर्णरूपमा निःशुल्क गरेको छ।

सरकारले देशका विभिन्न ७० स्वास्थ्य संस्थालाई मिर्गौला बिरामीको आवश्यक पर्ने डायलासिस उपचार निशुल्क रूपमा गर्दै आएको छ। बिरामीले मृगौला प्रत्यारोपण नगर्दासम्म सातामा तीनपटक भन्दा  डायलाईसिस गर्नुपर्छ ।

एकपटक डायलाइसिस गर्दा २५ सय रुपैयाँ लाग्ने गर्छ । सातामा तीनपटक गर्दा कम्तीमा ७५ सय रुपैयाँ लाग्ने गर्छ । तर, मिर्गौला रोगीले यो खर्च बेहोर्नु पर्दैन ।

तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले मिर्गौलाका बिरामीका लागि आवश्यक पर्ने डायलाइसिस उपचार सेवा निशुल्क गर्ने व्यवस्था मिलाएका थिए।

मुलुकमा वीर, पाटन, त्रिवि शिक्षण अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, लुम्बिनी प्रादेशिक अस्पतालसहित ७० स्वास्थ्य संस्थामा डायलाइसिसको सेवा उपलब्ध छ।

यी स्वास्थ्य संस्थामा ५५६ मेसिनले डायलाइसिस सेवा दिइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा ३ हजार ७८७ मिर्गौला बिरामीको डायलाइसिस उपचार भइरहेको छ।

स्वास्थ्य संस्था अनुसार दिनमा १ सिफ्ट देखि ४ सिफ्ट सम्म गरेर उपचार सेवा बिरामीले पाइरहेका छन्। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मिर्गौलाका बिरामीको उपचार सेवालाई प्रभावकारी बनाउनका लागि थप सय वटा डायलाइसिस मेसिन थप्ने घोषणा समेत गरेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *