व्यवसायीको मिलेमतोमा औषधिको मूल्य बढाउन चलखेल, बजारमा सिटामोलको कृत्रिम अभाव

हेल्थपोस्ट नेपाल

 

औषधि व्यवस्था विभागले औषधिहरूको मूल्य बढाउने प्रक्रिया अगाडी बढाएको छ।

विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार नेपालमा बढी मात्रामा खपत हुने औषधिको मूल्य समायोजनको प्रक्रिया अगाडी बढेको छ।

धेरै वर्ष देखि मूल्य स्थिर र धेरै औषधिहरूको मुल्य भारतीय बजारमा नेपालमा कायम गरिएको अधित्तम मूल्य भन्दा पनि कम भैसकेकाले औषधिको मूल्य समायोजन हुन लागेको विभागले जनाएको छ।

औषधि उत्पादनमा प्रयोग हुने कञ्चा पदार्थहरू मुल्य वृद्धि भएको र सो अनुसार मूल्य संशोधन हुन नसकेको केसीले बताए।

‘नेपालमा निर्धारित भएका औषधिको लामो समयदेखि मूल्यको पुनावलोकन भएको छैन,’ केसीले भने , ‘अन्तराष्ट्रिय कञ्चा पदार्थको बजारलाई हेरेर मूल्य समायोजन गछौं।’

विभागको तथ्यांक अनुसार हालसम्म ११७ वटा औषधिको मूल्य निर्धारण भएको छ।

‘विभागले ११७ वटा औषधिको मूल्य निर्धारण गरेको छ। अहिलेको अवस्थामा बजारलाई हेरेर भइरहेको मूल्य घटबढ गर्ने तयारीमा छौं,उनले भने।

औषधिको मूल्य निर्धारण गर्न औषधि व्यवस्था विभागले आवश्यक देखेमा नेपाल सरकारको स्वीकृति लिई कुनै पनि औषधिको मूल्य निर्धारण गर्न सक्ने व्यवस्था औषधि ऐनको दफा २६ मा रहेको छ।

नेपालमा हालसम्म १८ हजारभन्दा बढीको औषधि दर्ता भएका छन्।

डा. केसीको अनुसार अत्यावश्यक औषधिलाई हेरेर पुन मूल्य निर्धारण गरिने छ।

‘हामीले आन्तरिक रूपमा छलफल गरिरहेका छौं। मूल्य समायोजनका लागि औषधि परामर्श परिषद् र मुल्य अनुगन समितिको बैठक बस्नुपर्ने हुन्छ। सो बैठक चाडैं गरेर मूल्य समायोजन विषयलाई छिट्टै टुङयाउँछौं,’ केसीले भने।

औषधि मूल्य बढाउन व्यवसायीको मिलेमतोमा विभागको चलखेल

विभागले पारासिटामोलहरू तथा तरल पदार्थका विभिन्न औषधिको मूल्य बढाउन लागेको छ।

कोरोना महामारीकै मौका छोपेर औषधिको मूल्य बढाउन व्यवसायीको मिलिमहतोमा विभागका महानिर्देशक भरत भट्टराई लगायतका केही कर्मचारीहरू सक्रिय रूपमा लागिपरेको स्रोतले जनाएको छ।

‘विभागका भएका टिम र व्यवसायी बीच मूल्य बढाउन आन्तरिक लगइन भइरहेको छ,’ ती कर्मचारी भन्छन्, ‘केही औषधिको सिमित रूपमा मूल्य बढाउने होला। तर, अत्यावश्यक औषधिको ठुलो मूल्य बढाउने चलखेल भइरहेको छ।’

हाल मूल्यकै विषयलाई लिएर बजारमा सिटामोल जस्ता औषधिको पनि कृत्तिम अभाव खडा भइरहेको छ।

‘कम आवश्यक औषधिलाई केही रकम बढाएर सिटामोलमा कम लिन सकिन्छ नि। अत्यावश्यक रहेको देशको निम्न वर्गले प्रयोग हुने औषधिमा कम मूल्य लिन सकिन्छ। उद्योगीले एक औषधिमा बढी लिएर अरूमा कम मुल्य लिन सकिन्छ नि,’ उनले भने।

के साच्चैँ पारासिटामोलको अभाव भएको हो?

महामारीको बेला केही समयअघि अत्यावश्यक औषधि पारासिटामोलको कृक्रिम अभाव भइरहेको छ।

सिटामोल कोरोना संक्रमितका लागि अति आवश्यक औषधिको सूचीमा पर्छ।

विभागका सूचना अधिकारी केसीले पछिल्ला केही दिनयता बजारमा पारासिटामोलको अभाव भएको गुनासो आइरहेको बताए।

‘बजारमा पारासिटामोलको चरम अभाव त भएको होइन। कोरोना महामारीमाले गर्दा कञ्चा पदार्थको मूल्य अन्तराष्ट्रिय बजारमा बढेको छ,’ केसीले भने, ‘नेपाल सरकारले पारासिटामोलको मूल्य प्रति वटा १ रूपँया निर्धारण गरेको छ। आयत गर्ने कञ्चा पदार्थको उपलब्धताको कारणले केही असहज भएको हो।’

हाल पारासिटामोलको ३६ वटा नेपाली ब्यान्ड र विदेशी ६–७ वटा छ।

कोरोनाको महामारीमा परासिटामोलको बढ्दो माग र कच्चापदार्थको मुल्य बढ्नुले बजारमा केही मात्रामा अभाव भएको केसीले भनाई छ।

त्यसैगरी, औषधि उत्पादक संघका अध्यक्ष प्रज्जव पाण्डे पारासिटामोलको उत्पादन भइरहेको बताउँछन्।

‘हामीले पारासिटामोलको उत्पादन गरिरहेका छौ। अभावको एकिन तथ्यांक भएको सञ्चारमाध्यमबाट सुनिएको छ। कहाँ–कुन ठाउँमा अभाव भइररहेको त्यसबारे जानकारी लिइरहेको छौं,’ उनले भने।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *