
काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडाइ हुने भएकाे छ।
कोरोना संक्रमण र मृत्युदर फेरि बढेकाले निषेधाज्ञालाई निरन्तरता दिइने तयारी भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।
निषेधाज्ञा अहिलेकै मोडालिटीअनुसार कायम गर्ने वा कडाइ गर्ने भन्नेमा सोमबार सरोकारवालासँग छलफलपछि गरेपछि मात्र निर्णय हुने उनले बताए। संक्रमण बढेको भन्दै यसअघि पनि राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो।
संक्रमणदर बढेको भन्दै सरकारले दोस्रोपटक कक्षा १२ को परीक्षा पनि स्थगित गरिएको थियो ।
पछिल्लो साता थपिएको निषेधाज्ञा मंगलबार राति १२ बजे सकिदैछ । देशभर संक्रमण बढेपछि काठमाडौँ उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा हुँदै आएको छ ।