झापामा आठ महिने बालिकासहित बुवाआमाले पासो लगाएर गरे आत्महत्या

हेल्थपोस्ट नेपाल

 

झापाको कनकाई नगरपालिका-१ जामुनबाडीमा सोमबार बिहान अकल्पनीय घटना भएको छ। एकै घरका तीनजनाले झुण्डिएर आत्महत्या गरेका छन्।

उनीहरू एउटै कोठामा मृत फेला परेको झापा प्रहरीले जनाएको छ। आमाले छातीमा बच्चा च्यापेर झुण्डिएको र त्यसको दुई मिटरमा श्रीमानले झुण्डिएर आत्महत्या गरेको बताइएको छ।

आत्महत्या गर्नेमा ३४ वर्षीय रविन विश्वकर्मा, उनकी श्रीमती २९ वर्षीया मुना विश्वकर्मा र ८ महिनाकी छोरी रुविना विश्वकर्मा रहेका छन्। तीनै जनाको घाँटीमा पासो देखिएको आफन्त पम्फा विश्वर्माले बताइन्।

रविन केही वर्षदेखि वैदेशिक रोजगारीमा कामदार पठाउने प्रतिनिधिको रुपमा काम गर्दै आएका बुझिएको छ। मोरङ घर बताउने एक समूहले पैसा उठाइदिन आग्रह गरेर फर्किएका वडाध्यक्ष रोशन पोखरेलले बताए।

सो विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। रविनलाई केही समयअघि कोरोना संक्रमणसमेत भएको स्थानीयले बताएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *