पुरुषले शुक्राणु जम्मा गर्न पाउने, तर महिलाले?

हेल्थपोस्ट नेपाल

 

इभा चाइलाई थाहा छ उनलाई बच्चा चाहिन्छ। तर त्यसका लागि श्रीमान् चाहिन्छ भन्नेमा दोधारमा छिन्।

त्यसैले २०१९ मा उनी रेल चढेर चीनको गोन्झाउ सहरबाट हङकङ पुगिन् र आफ्नो ‘अण्डा’ एक निजी क्लिनिकमा फ्रिज (भण्डारण) गरेर राखिन्।

अहिले ३१ वर्ष पुगिन् उनी। तर अझ पनि ती संरक्षित ‘अण्डा’ लिन गएकी छैनन्। त्यसलाई लिएर गर्भवति बन्नका लागि उनले पहिले विवाह गर्नुपर्छ। तर उनले अहिलेसम्म विवाह गरेकी छैनन्। चिनियाँ कानुनले उनलाई एकल अभिभावक बन्न दिँदैन।

‘मैले हिसाब गरेको छु, कतिबेला सन्तान जन्माउने। तर जोकोही पुरुषसँग हतारिएर विवाह गर्न चाहन्नँ,’ उनले भनिन्।

चीन धेरै बच्चा चाहन्छ, त्यसैले महिलालाई तीन वटासम्म बच्चा जन्माउने अधिकार दिएको छ। तर उक्त कानून कहिलेदेखि लागू हुन्छ भन्ने टुङगो छैन।

तर उक्त कानुनले क्लिनिकहहरुलाई चाइजस्ता अविवाहित महिलाको अण्डालाई फ्रिज गरेर राख्ने तथा आइभिएफको माध्यमबाट बच्चा बनाउने सुविधा दिएको छैन।

यस्तो प्रकृयाले अविवाहित महिलाहरुले बच्चा जन्माउने समय पछि सार्ने भन्दै कानुनमा प्रावधान राखिएको छैन।

एकल महिलाहरु यस्तो प्रावधान नराखिनुमा सरकारले भेदभाव गरेको बताउँछन्। अण्डा फ्रिज गरे आफूले चाहेको समयमा विवाह गर्ने तथा बच्चा जन्माउन पाउने तर्क छ उनीहरुको।

विज्ञहरुका अनुसार एकल महिलाहरुलाई यस्ता अधिकार प्रदान गरे चीनको जनसंख्या अभावलाई सजिलै समाधान गर्दछ।

चीनमा जन्मिने बच्चा
चीनको पहिलो आइभिएफ बच्चा सन् १९८८ मा जन्मेको थियो जतिबेला चीनमा ‘वान चाइल्ड पोलिसी’ एकल सन्तान मात्र जन्माउन पाउने अधिकार थियो।

सन् १९७० देखि चीनमा उक्त नियम लागू गरिएको थियो। सन् २००० देखि अण्डा फ्रिज गर्ने प्रविधिमा निक्कै सुधार आयो।

सरकारको नियमलाई अवज्ञा गर्ने एकल आमा, तथा दम्पतीलाई नेशनल हेल्थ कमिशनले एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी) जसमा आइभीएफ र अण्डा फ्रिज गर्ने प्रविधि प्रयोग गर्न निषेध गरेको थियो।

एआरटी बच्चा नभएका दम्पतीका तथा क्यान्सरबाट उपचार गरिरहेका महिलाका लागि मात्र प्रयोग गर्न दिइएको थियो।

परिवार नियोजनका लागि कडा कानुन भए पनि चीनमा आइभिएफको प्रचुरमात्रामा प्रयोग भएको थियो। एक अध्ययनका अनुसार २०१६ मा ९ लाख ६० हजार मानिसले

आइभिएफको प्रयोग गरेका थिए भने सो वर्ष तीन लाख ११ हजार आइभिएफको माध्यमबाट बच्चा जन्मेका थिए।

यसअनुसार चीन विश्वकै धेरै आइभिएफ बेबी भएको राष्ट्र भएको छ।

तर ती सबै बच्चाहरु तेस्रो लिङगीबाट जन्मेका हुन्। अविवाहित महिलाहरु महँगो खर्च गरेर विदेशमा आफ्नो अण्डा संरक्षण गर्न वाध्य भएका छन्। थोरै धनी महिलाहरुको पहुँचमा मात्र यो सुविधा प्रयोग भएको छ।

‘यदि यो प्रविधि प्रयोगका लागि खर्च गर्नसक्ने भएको भए म पनि यसको उपयोग गर्थे,’ ३० वर्षीया बेक्कि जुले भनिन्। उनी गोन्झाउको सरकारी कर्मचारी हुन्।

अभिभावकले चाहेजसरी विवाह गरेर बच्चा पाउछु भनेर सोचेकी छैनन् उनले। तर आमाबुबाको पुरानो सोच भएका कारण विदेशमा गएर अण्डा बचाउन उनीहरुसँग पैसा माग्न नसक्ने उनी बताउँछिन्।

हङकङका क्लिनिकहरुमा सबैभन्दा बढी अण्डा फ्रिज गर्न आउनेहरुमा चीनका महिला बढी रहेको एक क्लिनिककी निर्देशक वेनि चोईले बताइन्।

सन् २०१८ देखि चीनका महिलाहरुमा यसको माग बढेको उनले बताइन्।

हङकङले खुला रुपमा अण्डा भण्डारण गर्ने भनेपछि चीनका महिलाहरु आउन थालेको उनले बताइन्।

‘हङकङमा पनि अविवाहित महिलाहरुलाई यसको प्रयोग गर्न दिँदैन। तर महिलाहरु विवाह भएपछि मात्र यसको प्रयोग गर्ने हुनाले यसको संरक्षण गर्न दिइएको हो,’ चोइले भनिन्।

तर यो एकदमै महंगो छ।

हङकङमा एक महिलाले अण्डा भण्डारण गरेवापत १७ हजार अमेरिकी डलर लिने गरिएको छ भने यसको वार्षिक भाडा १४०० डलर पर्दछ। तर विदेशमा गए झनै महंगो पर्ने उनी बताउँछिन्।

फर्टिलिटि आईक्युको तथ्याङक अनुसार संघाईमा अवस्थित अमेरिकन फर्टिलिटी क्लिनिकले चिनियाँ ग्राहकहरुलाई अण्डाको उपचार तथा भण्डारण गरेवापत ४० हजार डलर लिने गरेका छन्। यसमा यातायात तथा बस्ने खर्च सामेल छैन।

‘हाम्रो क्लिनिकमा आउने अधिकांश महिलाहरु ठूला कम्पनीका प्रमुखहरु तथा धनी परिवारका हुन्छन्,’ फर्टिलिटि आईक्युका संस्थापक डाक्टर नाथन जागंले भने।

जनसांख्यिक दुविधा

चीनले धेरै बच्चा पाउन अनुमति दिए पनि कतिपय महिलाहरुलाई यस्ता प्रकृयाको आवश्यकता पर्दछ। तर यसको रोकका कारण उनीहरुलाई अफ्ठ्यारो परेको छ भने महिलाहरुलाई यस्तो सुविधा दिँदा ढिला बच्चा बनाउने गरेका छन्। जसका कारण कम संख्यामा बालबालिका हुने चिन्ता बेइजिङको रहेको छ।

चीनका अधिकांश जनसंख्या ज्येष्ठ नागरिकको रहेको र कामदारहरु कम हुँदै गएका कारण २०१५ मा चीन सरकारले एकल सन्तानको नियम हटाएको थियो। त्यहाँका नेताहरुले यो नियम हटाएर दुई जना सन्तान जन्माउन पाउने नियम बनाउँदा विश्वकै जनसंख्यामा सन्तुलन आउने विश्वास गरेका थिए।

त्यसबेला देखि सरकारले दम्पतीहरुलाई धेरै बच्चा जन्माउन आग्रह गर्दै आएको छ।

गत वर्षभन्दा २०२० मा नवजात शिशुहरुको संख्या १८ प्रतिशतबाट १ करोड २० लाखमा झरेको थियो।

एआरटी सुविधाले जनसंख्या वृद्धि गर्न मद्धत पुर्‍याउँछ कि चीनको प्रजनन स्वास्थ्यमा असर गर्छ भनेर त्यहाँका विज्ञहरुको दुई मत भएको छ।

चीनमा विश्वकै कम प्रजनन प्रतिशत रहेको छ।

सेन्टर फर चाइना एण्ड ग्लोबलाइजेशन थिंक ट्यांकका वरिष्ठ अनुसन्धानकर्ता हुवाङ वेन्जेङका अनुसार ३५ वर्ष माथिका अविवाहित महिलाहरुको अण्डा भण्डारणले चीनको जनसंख्यालाई बढाउन मद्धत पुर्‍याउँछ।

‘यदि यो प्रविधिको पहुँच उनीहरुलाई दिइएन भने महिलाहरु गर्भवति हुनबाट वञ्चित हुन्छन्,’ उनले भने।

त्यस्तै, डाइर्भस फेमिलि नेटवर्कका डोङ सायोइङका अनुसार यस्तो नियमलाई फुकाइयो भने महिलाहरुले बच्चा जन्माउने योजना झनै ढिला सार्छन्, जसका कारण आउँदो वर्षहरुमा जन्मदर झन् कम हुँदै जानेछ। ‘तर त्यसको कारण नियम खुकुलो नगर्ने भन्ने पनि होइन,’ उनले भनिन्।

परिवर्तनका लागि आह्वान
चीनको प्रजनन स्वास्थ्यमा मात्र संकट नभई सबै ठाउँमा छ तर महिलालाई अण्डाशय भण्डारणमा रोक लगाएर महिला र पुरुषका बीच दुईथरी मापदण्ड लाद्न खोजिएको नारीवादीहरुको तर्क छ।

चीनका पुरुषहरुले पछि बच्चा जन्माउनका लागि शुक्राणु जम्मा गर्न पाउँछन् भने भने महिलाहरुले पनि सोही अधिकार मागिरहेका छन्।

‘एकल महिलाहरुको प्रजनन अधिकारप्रति भेदभाव गरिएको छ,’ डोङले भनिन्।

सन् २०१९ मा अविवाहित स्वतन्त्र लेखक जाओजाओ सुले एक क्लिनिकमाथि मुद्धा हालेकी थिइन्। उनले आफ्नो अण्डा जम्मा गर्न आग्रह गर्दा टेरेसा नामक क्लिनिकले अस्वीकार गरेको थियो भने त्यहाँका चिकित्सकले पहिले विवाह गरेर मात्र बच्चा जन्माउन भनेका थिए।

उक्त मुद्धा हालसम्म अदालतमा चलिरहेको छ।

‘महिलाहरुलाई धेरै बच्चा जन्माउन भन्नुको सट्टा उनीहरुलाई सहज हुनेगरी सहयोगी नियम ल्याउन जरुरी छ,’ सुले भनिन्।

गत मार्चमा भएको सम्मेलनमा नारीवादीहरुले एकल महिलाहरुलाई अण्डा भण्डारण गर्ने अधिकार प्रदान गर्न सांसद तथा सरकारका सल्लाहकारलाई प्रस्ताव गरेका थिए। तर सोही सम्मेलनमा एक प्रजनन चिकित्सकले अस्पताल तथा क्लिनिकहरुमा उक्त कार्यमा रोक लगाइनुपर्ने तर्क राखेका थिए।

‘हामी युवाहरुलाई विवाह गरेर समयमै बच्चा जन्माउन प्रेरित गछौं,’ सन साउदले भने। ‘मानिसहरुले मेडिकल प्रविधिको खतरालाई बुझ्नु जरुरी छ। भण्डारण गरिएको अण्डाबाट बच्चा हुने कमै मात्र सफलता दर रहेको छ।’

सनको उक्त धारणालाई एनएचसीले सरकारी प्रतिवेदनमा अनुमोदन गरेको थियो र यसबाट हुने चिकित्सा तथा नैतिक असरका कारण देखाउँदै रोक लगाउनुपर्ने तर्क दिइएको थियो। उक्त सूचीमा चिसो अण्डा निकाल्ने, पगाल्ने तथा राख्ने समयमा महिलाको स्वास्थ्यलाई असर गर्ने उल्लेख गरिएको छ।

उक्त प्रकृयामा ओभेरियन हाइपरस्टिमुलेसन सिन्ड्रोम (ओएचएसएस), सर्जिकल हेमोरेज, संक्रमण हुने तथा महिलाहरुलाई झुटा आशा दिएर प्रजननका योजनाहरुमा ढिलाई गराउने, प्रतिवेदनमा उल्लेख गरिएको छ।

२०१५ मा प्रकाशित पियर रिभ्यु आर्टिकलमा स्त्रीरोग विषेशज्ञ सन सायोसीले अण्डा फ्रिज गर्दा ओएचएसएस, रक्तस्राव तथा संक्रमण हुने तथा यसको सम्भावना ज्यादै न्यून रहेको बताए।

त्यस्तै, मेडिकल इथिक्स एण्ड हेल्थ ल डिपार्टमेन्टका उपनिर्देशक लिउ रिस्वाङका अनुसार सबै चिकित्सकीय अभ्यास, जस्तै खोप लगाउनेदेखि प्लास्टिक सर्जरीमा जोखिम हुन्छ। तर यसको मतलब पहुँचमा रोक लगाउन सकिन्नँ।

चिनियाँ नियमभन्दा बाहिरका बाधाहरु

चिनिया सरकारले यस्ता नियमहरुमा खुकुलोपन ल्याउने सम्भावना देखिए पनि सांस्कृतिक बाधाहरुले अभैm पनि एकल महिलाहरुलाई छेक्न सक्ने सम्भावना रहेको छ।
जनवरीमा चीन सरकारले एआरटी सुविधा प्रयोग गर्न पाउने भनेर नयाँ नियम मस्यौदा गरिरहको थियो, तर यस सँगसँगै व्यवसायिक रुपमा यस कार्य गरे दण्डित हुने प्रावधान पनि राखिएको छ।

डोङका अनुसार नयाँ नियमको मस्यौदा तयार गर्दा आम जनताको पनि राय संकलन गर्न लागिएको छ, जुन राम्रो शुरुवात हो।

चिनियाँ परिवारले सरकारको नियमले रोके पनि हाल एकल अभिभावक पनि स्वीकार गर्न थालेका छन्।

२०१६ सम्म अविवाहित महिलाका सन्तानको जन्मदर्ता गर्न स्वीकृति दिँइदैनथ्यो, जसमा स्वास्थ्य तथा शिक्षाका अधिकार सामेल थिए।

सरकारले नियममा एकल आमा बन्न स्वीकृति दिए पनि सामाजिक दबाबका कारण यी विकल्प दिन रोक्न सक्दछ।

अन्तराष्ट्रिय  सञ्चारमाध्यम तथा सिएनएनको सहयोगमा



Leave a Reply

Your email address will not be published. Required fields are marked *