जब महिलाले विमानमै जन्माइन् बच्चा…
अफगानिस्तानबाट जर्मनी गइरहेको अमेरिकी विमानमा एक अफगानी महिलाले बच्चालाई जन्म दिएकी छिन्।
आफ्नो परिवारका साथ मध्यपूर्वबाट जर्मनीतर्फ गइरहेका बेला उनले बच्चालाई जन्म दिएको युएस एयर मोबिलिटी कमान्डले बताएको हो।
२८ हजार फिटको उचाइमा विमान उडिरहँदा हावाको कम चापका कारण महिलालाई समस्या देखिएपछि विमान कमान्डरले उचाइ घटाएका थिए। हावाको चाप बढेपछि महिलाको ज्यान जोगाउन मद्त पुर्याएको बताइएको छ।
विमानस्थलमा विमान अवतरण गरेसँगै अमेरिकी सैन्य चिकित्सकहरूले बच्चालाई जन्म दिन सहयोग गरेका थिए। महिला र बच्चा दुवै जना जोखिममुक्त रहेको अमेरिकी सेनाले जनाएको छ।