नेपालमा कोरोनाबाट १० हजार ५ सयभन्दा बढीले ज्यान गुमाए , कुन उमेरका कति ?

हेल्थपोस्ट नेपाल

 

नेपालमा कोरोना भाइरसको संक्रमणबाट १० हजार ५ सयभन्दा बढी निधन भइसकेको छ।

आइतबार स्वास्थ्य मन्त्रालयको जारी गरेको तथ्यांकमा थप २४ जनाको निधन भएको छ।

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म कोरोनाबाट मृत्यु सबैभन्दा बढि ६० बर्षभन्दा रहेको छ।

६० बर्षभन्दा माथि ५ हजार ६४८ जनाको निधन भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, ५० देखि ५९ बर्षसम्म २ हजार ६६ जनाले ज्यान गुमाएका छन्।

क्रमश ४० देखि ४९ बर्षसम्मका १ हजार ४९६, ३० देखि ३९ बर्षसम्मका ८६६, २० देखि २९ बर्षसम्मका ३२९ जनाको मृत्यु भएको छ।

मन्त्रालयको तथ्यांक अनुसार ० देखि ९ बर्षसम्मका ४५ बालबालिका र ७ जना अज्ञातको निधन भएको छ।

मन्त्रालयले दिएको जानकारी अनुसार आइतबार देशभर सक्रिय संक्रमित ३८ हजार ७५१ छन्।

जसमध्ये ३ हजार १९६ जना अस्पतालमा उपचार गरिरहेका छन्। मन्त्रालयको तथ्यांक अनुसार आइतबार १६९ भेन्टिलेटरमा सहित ६८१ को आइसियूमा उपचार भइरहेको छ।

त्यसैगरी, होम आइसोलेसनमा ३५ हजार ५५५ जना छन्।

मन्त्रालयको अनुसार पछिल्लो विवरण अनुसार ९३ .४१ प्रतिशत निको भएका , हाल ५.१८ प्रतिशत सक्रिय संक्रमित र १.४१ प्रतिशत मृत्यु भएका छन्।
आइतबार देशभर ४२१ जना क्वारेन्टाइनमा छन्।

त्यसैगरी, पछिल्लो विवरण अनुसार २ हजार २४८ जना संक्रमणमुक्त भएका छन्। यो सँगै ६ लाख ९८ हजार १७३ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ।

पछिल्लो दिनहरूमा दैनिक संक्रमणमुक्त हुनेभन्दा संक्रमित हुनेको संख्या बढी छ। सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेका जिल्लालाई कोभिड संक्रमणको जोखिमका हिसाबले ‘रेड जोन’ मा राखिएको छ ।

नेपालमा अहिले काठमाडौं उपत्यकाका तीनसहित मोरङ, सुनसरी झापा, चितवन, मकवानपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही, सुर्खेत र कैलालीलाई रेड जोनमा राखिएको छ।

त्यस्तै, १७ जिल्लामा सक्रिय संक्रमित २०० भन्दा बढी रहेको मन्त्रालयको तथ्यांक छ ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *