कोरोना निको हुने संख्या बढ्दै, आइतबार २ हजार २४८ संक्रमणमुक्त

हेल्थपोस्ट नेपाल

 

पछिल्लो २४ घन्टामा थप १ हजार ९२० जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १२ हजार ५१६ नुमना परीक्षण गरिएको मध्ये १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा २ हजार २४८ जना संक्रमणमुक्त भएका छन्। यो सँगै ६ लाख ९८ हजार १७३ जना संक्रमणमुक्त भएको मन्त्रालयको तथ्यांक छ।

आइतबार थप २४ जनाको कोरोनाबाट निधन भएको छ। हालसम्म कोरोनाबाट निधन हुनेको संख्या १० हजार ५०९ पुगेको छ।

देशभर आज सक्रिय संक्रमित ३८ हजार ७५१ पुगेको छ।

जसमध्ये ३ हजार १९६ जना अस्पतालमा उपचार गरिरहेका छन्। मन्त्रालयको तथ्यांक अनुसार आइतबार १६९ भेन्टिलेटरमा सहित ६८१ को आइसियूमा उपचार भइरहेको छ।

त्यसैगरी, होम आइसोलेसनमा ३५ हजार ५५५ जना छन्।

मन्त्रालयको अनुसार पछिल्लो विवरण अनुसार ९३ .४१ प्रतिशत निको भएका , हाल ५.१८ प्रतिशत सक्रिय संक्रमित र १.४१ प्रतिशत मृत्यु भएका छन्।

आइतबार देशभर ४२१ जना क्वारेन्टाइनमा छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *