फार्मेसी सञ्चालक लागूऔषधसहित पक्राउ

हेल्थपोस्ट नेपाल

 

झापामा एक फार्मेसी सञ्चालक सहित दुईजना लागूऔषध कारोबारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–८ गरामनीका २० वर्षीय गोपाल विश्वकर्मा र इलाम माई नगरपालिका–६ का भीष्म बुढाथोकी रहेका छन्।

बुढाथोकी फार्मेसी सञ्चालक हुन्। बुढाथोकीको बिर्तामोड– ८ गरामनी बजारमा डीडीआर फार्मेसी छ। विश्वकर्मा पनि सोही फार्मेसीमा काम गर्ने व्यक्ति भएको बुझिएको छ। गरामनीमा डेरा गरि बस्ने बुढाथोकी र विश्वकर्मालाई प्रहरीले बिर्तामोड – ९ को देवकोटाचोकबाट पक्राउ गरेको हो।

उनीहरूको साथबाट प्रहरीले ५ ग्राम ५१० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ। उनीहरू दुवै जनालाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ। पछिल्लो समय झापा लागूऔषध कारोबारीको अखडा बन्दै गएको छ। त्यसमा पनि बिर्तामोडबाट फार्मेसीकै व्यक्ति ब्राउनसुगरसहित पक्राउ पर्नुले थप चुनौती थपिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *