कोरोना संक्रमणले मधुमेह, अनिवार्य रूपमा परीक्षण गरौं

हेल्थपोस्ट नेपाल

 

विपुल शाह कोरोना भाइरस संक्रमणसँग जुधिरहेका थिए। यो घटना गत वर्षको सेप्टेम्बरको हो। शाह मुम्बईको एक अस्पतालमा भर्ना भए। ४७ बर्षीय विपुललाई पहिले मधुमेह थिएन। त्यसैले चिकित्सकहरूले उनलाई कोरोना संक्रमणको उपचार गर्न लागि स्टेरोइड दिए।

कोरोना भाइरसले मानिसको फोक्सो सुनिने गर्दछ। जसलाई कम गर्नका लागि चिकित्सकले स्टेरोइडको प्रयोग गर्दछन्। स्टेरोइडको माध्यमबाट केही हदसम्म शरीरमा भाइरससँग लड्ने प्रतिरक्षा प्रणालीको कारण क्षति हुनबाट जोगाउँछ।

स्टेरोइडको प्रयोगले शरीरको प्रतिरक्षा कम गर्दछ। मधुमेहबाट पीडित मानिसहरू बाहेक सामान्य कोरोना बिरामीको रगतमा चिनीको मात्रा बढाउन सक्छ।

विपुल कोरोना संक्रमणबाट निको भएको एक बर्ष भैइसकेको छ। तर, उनी अझै आफ्नो ब्लड, सुगर नियन्त्रण गर्न औषधिको खाइरहेका छन्।

विश्वमा मधुमेहबाट पीडित हरेक ६ जना मध्ये एक भारतमा छन्।

विश्वभरी मधुमेहसँग जुझि रहेका हरेक ६ जना व्यक्तिहरु मध्ये भारतमा एक जना पर्दछ। एक अनुमानका अनुसार भारतमा ७.७ करोड मधुमेहका बिरामीहरु छन्।

मधुमेहका विरामीहरु धेरै भएको राष्ट्रहरुमा चीन पहिलो नम्बरमा पर्दछ भने भारत दोस्रो स्थानमा रहेको छ। चीनमा हाल ११.६ करोड मानिस मधुमेहका बिरामी छन्।

चिकित्सकका अनुसार हजारौं मानिसलाई यस्तो समस्या भइरहेको होला, तर उनीहरुलाई थाहा नभएको हुन सक्छ।

मानिसमा मधुमेह तब हुन्छ जब प्याक्रियाजले रगतमा भएको ग्लूकोज (सुगर) लाई खतम गर्न इन्सुलिन बनाउन सक्दैन।

इन्सुलिनले रगतमा भएको सुगरलाई कम गर्दछ। यसो गर्न नसकेपछि रगतमा चिनीको मात्रा बढ्दै जान्छ। यसको कारण किड्नी, आँखा तथा मुटुमा नोक्सान हुन सक्छ।

मधुमेह , मोटोपन, उच्च रक्तचाप तथा फोक्सोको  बिरामी हुनेलाई कोरोना संक्रमणले गम्भीर बनाउन सक्छ।  डाक्टरहरुलाई अब के चिन्ता छ भने कोरोना संक्रमणबाट निको भएका मानिसहरुमा मधुमेहको खतरा रहेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणमा सबै भन्दा बढि अमेरिकाका नागरिक संक्रमित भएका छन् भने दोस्रो स्थानमा भारत रहेको छ। मुम्बाईका डाइबेटोलोजिस्ट चिकित्सक राहुल बक्सीका अनुसार कोरोना संक्रमण खतम भएपछि मधुमेहका बिरामीको बाडी नै आउने सम्भावना रहेको छ।

उनले कति बिरामीहरुको मधुमेह सुरुवातको क्रममा देखिएको छ भने कतिपयमा एक बर्षपछि औषधि नै खाएर बस्नुपर्ने अवस्था आएको छ। हाल विश्वभरका चिकित्सकहरु यसकै विषयमा चर्चा गरिरहेका छन्।

कतिले कोरोना संक्रमणको उपचारमा प्रयोग भएको स्टेरियोडका कारण हुने बताउँछन् भो कतिले भाइरसले अग्नाशयलाई प्रभावित गर्छ जसले इन्सुलिन बनाउन मद्धत गर्दछ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *